६९ वर्षको उमेरमा फेरि बुबा बन्दैछन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

६९ वर्षको उमेरमा फेरि बुबा बन्दैछन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ६९ वर्षको उमेरमा फेरि पिता बन्ने भएका छन् । रुसद्वारा सञ्चालित भनेर मानिएको जनरल एसवीआर टेलिग्राम च्यानलका अनुसार पुटिन र उनकी ३९ वर्षीया गलफ्रेन्ड अलिना काबेवाको अब आउने बच्चा तेस्रो हुनेछ । क्रेमलिनबाट सञ्चालित उक्त वेब एकाउन्टका अनुसार राष्ट्रपति पुटिन भने यस खबरबाट खुशी छैनन् ।

पहिलादेखि नै ओलम्पिक स्वर्ण पदक विजेता तथा जिम्नास्ट एलिना र पुटिनको अफेयरको हल्ला चल्दै आएको हो । पुटिनको निजी जीवन भने अत्यन्तै गोप्य नै मानिन्छ । उनले आफ्ना कति सन्तान छन् भन्ने कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छैनन् ।

यद्यपि उनकी पूर्वपत्नी लुडमिला ओचेरेटनाया र पुटिनका तर्फबाट भएका दुई छोरीहरु भने निकै चर्चित छन् । पुटिनका दुवै छोरी व्यवसायी मारिया भोरोन्टोभा र कटरिना तिखोनोभा हाई प्रोफाइल महिला हुन् ।

Europass CV in Nepal

यता पुटिनकी वर्तमान गलफ्रेन्ड भनेर चिनिएकी अलिना पनि रुसकी प्रसिद्ध महिला हुन् । जिम्नास्टिक खेलबाट संन्न्यास लिएपछि राजनीतिमा प्रवेश गरेकी अलिना पुटिनको युनाइटेड रसिया पार्टीबाट सांसद पनि बनेकी थिइन् ।

यसबाहेक उनी सन् २०१४ मा रूसको राष्ट्रिय मिडिया समूहको निर्देशक बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् ।