मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

रोटरी क्लब अफ दाङको अध्यक्षमा ओबिन्द्र बहादुर महरा

Himali Patrika 1 मिनेट पढाइ

७ साउन, दाङ । रोटरी क्लब अफ दाङको वर्ष २०२२/०२३ का लागि अध्यक्षमा ओबिन्द्र बहादुर महरा चयन हुनभएको छ । क्लवको वर्ष २०२१/०२२ का अध्यक्ष रजिव उल्लाह खानको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराहीका उपप्रमुख हुमाकुमारी डिसीको विशिष्ठ आतिथ्यतामा ११ औँ पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो ।

रोटरी क्लब अफ दाङका नबनिर्बाचित अध्यक्ष महरालाई निर्बतमान अध्यक्ष खानले पद हस्तान्तरण गर्नु भएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष महराले रोटरी कल्वको नेतृत्व आफुले गर्दा समाजलाई सेवालाई प्राथमिकतामा राख्दै समाजका लागि खटेर यो कार्यसमितीले काम गर्ने बताउनु भयो ।

यस्तै आगामी वर्ष २०२३÷०२४ का लागि भावी अध्यक्ष प्रदिप मज्गैया, प्रस्तावित अध्यक्ष प्रदिप सुदिप, उपाध्यक्षमा मिनराज भाट, सचिवमा डा. बोम विसी, कोषाध्यक्षमा रोशन दाहाललाई चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख चौधरीले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तिहरु संगठित भएर समाज सेवालाई अगाडी बढाउदै लगेको संस्था रोटरी क्लव भएको बताउनु भयो ।

सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सदैव समाजका लागि यसरी नै काम गर्न नगर प्रमुद चौधरीले आग्रह गर्दै नवनिर्वाचित कार्यसमितीलाई बधाई ज्ञापन गर्नु भयो ।

कार्यक्रममा जिल्लाका संवै पत्रिका तथा राजमार्ग अनलाईनलाई सम्मान गरिएको हो । कार्यक्रम संयोजक रवि किरन केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव रोशन दहालले गर्नुभएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।