मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

केदारले यसकारण लिन्छन् म्युजिक भिडियोमा ५ लाख पारिश्रमिक

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा’को सिरिज हिट भएपछि हास्य कलाकार केदार घिमिरेको क्रेज नयाँ उचाइमा पुगेको छ । केदारलाई दर्शकले चलचित्रमा अत्याधिक रुचाएका छन् । यसैले उनलाई म्युजिक भिडियोको अफर पनि धेरै नै आउने गरेको छ ।

तर, केदार भने निक्कै कम मात्र भिडियोमा काम गर्छन् । जसकारण उनले भिडियोका लागि महँगो पारिश्रमिक माग्ने गरेका छन् । उनले एउटा भिडियोमा काम गरेको ५ लाख रुपैयाँ पारिश्रमिक माग्ने गरेका छन् । म्युजिक भिडियो बनाउनका लागि उनीसम्म पुग्ने निर्देशकहरु उनको पारिश्रमिक सुनेरै छक्क पर्छन् ।

तर, केदार भने आफूले पारिश्रमिक नमागेको बताउँछन् । ‘मैले पारिश्रमिक यति दिनुहोस् भनेर कहिले पनि माग्दिनँ । वर्षमा एक-दुईवटा मात्र भिडियो खेल्ने भएर होला मलाई अफर गर्नेहरुले नै पारिश्रमिक दिनुहुन्छ,’ उनले भने ।

केदारले धेरै भिडियो खेल्ने कलाकारहरुप्रति व्यङ्ग्य गर्दै भने, ‘धेरै भिडियो खेल्ने कलाकारहरुले कम पारिश्रमिक लिएर काम गर्नुहुन्छ होला । तर, म त वर्षमा थोरैमा मात्र काम गर्छु । यसैले मलाई मेकरले नै महँगो पारिश्रमिक दिनुहुन्छ ।’ केदारले हालै मात्र ‘कति बस्छौ माइतीकै कौसीमा’ बोलको गीतको रिमेक भर्सनमा अभिनय गरेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।