दोहा। अन्तराष्ट्रिय रोल्पाली सेवा समाज दोहा कतारले आफ्नो चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ। समाजले शुक्रबार अर्थात अगस्ट १९ तारिकका दिन दोहा स्थित प्लाजा ह्वाइटहाउस रेस्टुरेन्टमा तीज विशेष कार्यक्रम गर्दै आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो।
अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष दिपेन्द्र डाँगीको अध्यक्षता र एन आरएनए एन सीसी कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको प्रमुख आतिथ्यमामा सुरु भएको कार्यक्रममा झन्डै २ सय जना भन्दा बढीको उपस्थित रहेको थियो।
कार्यक्रमका संयोजक दुर्गा खड्काको स्वागत मन्तव्यबाट सुरु भएको भएको थियो भने कार्यक्रममा कला संयोजन मानसिंह परियारको समूहले अतिथिहरूलाई स्वागत गीत गाएर स्वागत गरेको थियो।
कार्यक्रममा ६ वटा राजनैतिक दलका भात्री सङ्गठनका प्रतिनिधि, ७ वटा प्रदेश समन्वय परिषद कतारका सदस्यहरू, कलाकार, कतारमा अवस्थित विभिन्न जिल्लाका जिल्ला स्तरीय प्रतिनिधि, पत्रकार, बुद्धिजीवी लगायत कतारमा कार्यरत विभिन्न जिल्लाका महिला दिदीबहिनीहरूको उपस्थित रहेको संस्थाका संरक्षक गोपाल डाँगीले जानकारी दिनुभयो।
कार्यक्रमलाई सफल पार्न डिएसजी कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र ओली, सीता लिम्बु, गोपाल डाँगी र गुल्मी सेवा समाज कतार लगायतका व्यक्ति तथा संस्थाहरूको सहयोग रहेको संरक्षक डाँगीले जानकारी दिनुभयो।
संस्थाले वार्षिकोत्सव कार्यक्रम सफल तुल्याउन उचित भूमिका निर्वाह गरेको भन्दै संस्थाका संरक्षक गोपाल डाँगीलाई उच्च मूल्यांकन स्वरुप सम्मान पत्र समेत प्रदान गरेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका महासचिव श्री केशर खत्री ज्यूले गर्नु भएको थियो।
अन्तराष्ट्रिय रोल्पाली सेवा समाज दोहा कतार अध्यक्ष दिपेन्द्र डाँगीले कतारमा कार्यरत सम्पूर्ण नेपालीहरूलाई संस्थामा जोडिन अपिल गर्नुभयो। ‘रोल्पालीहरुको सुख दुखमा साथ तथा अभिभावकीय भूमिका निर्वाह अन्तराष्ट्रिय रोल्पाली समाजले गर्न सक्ने भएकाले यस संस्थामा जोडिन अपिल गर्दछु’, उहाँले भन्नुभयो, ‘हामी कतारमा भएका अन्य संस्थासँग सहकार्य गरेर भएपनि रोल्पालीहरुको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।’
अन्तराष्ट्रिय रोल्पाली सेवा समाज दोहा कतारका कार्यसमिति सदस्य तथा पदाधिकारीहरू
१. अध्यक्ष : दीपेन्द्र डाँगी
२. उपाध्यक्ष : दुर्गा खड्का
३. द्वितीय उपाध्यक्ष : मन्सरी घर्ती
४. माहासचीव : केशर केसी
५. सचीव : चित्रा केसी
६. कोषाध्यक्ष : जित परियार
७. सह कोषाध्यक्ष : ताबिराम घर्ती
८. महिला संयोजक : बसन्ती मल्ल
९. सपना दागी
१०. बम कुमारी बुढामगर
११. गिता ओली
१२. दिलमाया घर्ती
१३. नन्दकिशोर दागी
१४. भिम्कर्न दागी
१५. अजय दागी
१५. तुलबहादुर ओली
१६. श्याम दागी
१७. खुमबहादुर दागी
१८. सहप्रवक्ता तिलक केसी
१९. प्रवक्ता कलाकार संयोजक
कलाकारहरु
मान्सिङ परियार, दिपा ओली, शुरेस सेन, आयुस कुमाकी, रेग बहादुर घर्ती मगर
खेलाडी भलिबल टिम
सेर बहादुर घर्ती मगर : संयोजक
मान बहादुर बुढा मगर : टिम कोच
सुरेस बुढा मगर, प्रकाश बुढा मगर, हुकुम बहादुर बुढाथोकी, चकिन्द्र खड्का, रन बहादुर परियार
सल्लाहकारहरु
गोपाल डाँगी : सस्था संरक्षक
नन्दलाल केसी : प्रमुख सल्लाहकार
दिपेन्द्र ओलि : कानुनी सल्लाहकार
नन्द कुमार डांगी : आर्थिक सल्लाहकार , निरा रोका मगर, अम्मर ओलि , बल बहादुर मगर, खुम बहादुर थापा







