मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

रुससंगको विवादका बाबजुद युक्रेनले इथियोपियाको भोकमरी क्षेत्रमा सहयोग गर्यो खाद्यान्न!

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं। खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपयाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु युक्रेनबाट इथियोपिया पुगेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार इथियोपियामा खाद्यान्नको अभाव भएको र सो क्षेत्रमा पछिल्ला केही महिना यतादेखि भोकमरी नै सुरु भएकाले ती क्षेत्रमा मानवीय सहायतास्वरुप ती खाद्यान्नका ढुवानी पठाइएको हो।

सो खाद्यान्न आगामी महिना दिनसम्मका लागि सहयोग उपलब्ध गराइने छ। युक्रेनको बाटो हुँदै ती सामग्री त्यहाँ लैजानका लागि संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेका छन्। संयुक्त राष्ट्रसङ्घ र टर्कीको पहलबाट युक्रेन हुदै इथियोपियासम्म पु¥याइएको हो।

आगामी महिना दिनसम्मका लागि सो खाद्यान्नको सहयोग पु¥याइने छ। एक महिनामा यहाँका कम्तीमा पनि १५ लाख मानिसका लागि सहयोग गरिने छ।

इथियोपियाको आदमा शहरमा सो खाद्यान्न भण्डारण गरिएको छ र ती डुवानीहरु त्यहीँबाट फर्काइएको बताइएको छ। आदमा शहरमा विश्व खाद्य कार्यक्रमको कार्यालय रहेका स्थानमा ती खाद्यान्न भण्डारण गरिने र आगामी हप्तादेखि सो खाद्यान्न वितरण गरिने पनि जनाइएको छ।

आन्तरिक द्वन्द्व तथा खडेरी आदि कारणले गर्दा यहाँ भोकमरी सुरु भएपछि सो आदमा शहर र त्यसको वरपर लाखौँ इथियोपियाली विस्थापित भएर बसेका छन्। उनीहरुका लागि सो खाद्यान्न वितरण गरिने संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिनुभएको छ। द्वन्द्वको चपेटामा परेता पनि युक्रेनले निस्वार्थ ढंगबाट भोकमरीबाट पीडित क्षेत्रलाई सहयोग गरेपछि युक्रेनको विश्वभरबाट प्रशंसा भइरहेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।