चिनियाँ राष्ट्रपति सी जिनपिङलाई घरमै नजरबन्दमा राखिएको समाचार सामाजिक संजालमा फैलन थालेको छ। चीनमा चिनियाँ जनमुक्ति सेनाले सम्भावित कूको अफवाहले सामाजिक सञ्जाल गुन्जिरहेको छ। चीनका दुई पूर्व मन्त्रीलाई भ्रष्टाचारको आरोपमा सजाय सुनाइएको एक सातापछि देशको इतिहासमा निकै विवादास्पद निर्णय भएको छ।
चिनमा यतिवेला ठुलै राजनीतिक उथलपुथल भएको अपुष्ट समाचारहरु वाहिरिएका छन। अन्तराष्ट्रिय समाचार माद्यमहरुमा प्रकाशित समाचार अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङ हाल घरमै नजरबन्दमा छन्।
राजधानी बेइजिङ सेनाको नियन्त्रणमा रहेको भन्दै शनिबार धेरै सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। समाचार अनुसार बेइजिङबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरू रोकिएको छ। जसका कारण बेइजिङलाई बाँकी विश्वबाट सम्पर्क विच्छेद गराईएको छ।
जानकारी अनुसार राष्ट्रपति सी जिनपिङलाई पीएलए प्रमुखको पदबाट हटाएर घरमै नजरबन्द गरिएको हो। तर, यी सवै समाचारलाई कुनै पनि मिडियाले आधिकारिक रुपमा पुष्टि गर्न सकेका छैनन्।
न्युज हाईल्याण्ड भिजनको रिपोर्ट अनुसार पूर्व चिनियाँ राष्ट्रपति हु जिन्ताओ र पूर्व प्रधानमन्त्री वेन जिबाओले स्थायी समितिका पूर्व सदस्य सोङ पिङलाई आफूसँग सामेल हुन र केन्द्रीय गार्ड ब्यूरो नियन्त्रणमा लिन मनाएका थिए।
सामाजिक सञ्जालमा शेयर गरिएका कतिपय भिडियोहरूमा पनि बेइजिङको वरिपरि सेनाले घेरेको देखिन्छ। जसमा राष्ट्रपति चिनफिङलाई बर्खास्त गरिएको उल्लेख छ। भिडियोहरूसँगै शेयर गरिएको जानकारी अनुसार करिब ८० किलोमिटर लामो डब्फा बेइजिङतर्फ बढिरहेको छ। तर, ति भिडियो र सामाजिक संजालको जानकारीको पनि पुष्ट्याई हुन बाँकी छ।
अन्तर्राष्ट्रिय समाचार माद्यमहरुका अनुसार हु जिन्ताओ र जिबाओले सीजीबी नियन्त्रणमा लिने बित्तिकै यसको सुचना बेइजिङको केन्द्रीय समितिका सदस्यहरूलाई फोनबाट सूचित गरिएको थियो। जसका कारण चिनफिङलाई उज्बेकिस्तानमा आयोजित एससीओ शिखर सम्मेलनमा सहभागी भएर फर्किेने क्रममा विमानस्थलमै हिरासतमा लिइएको थियो।
जानकारी अनुसार सीजीबीका सदस्यहरूले विगत १० दिनमा धेरै गोप्य वैठकहरु गरेका थिए। सोही बैठकले सीबाट शक्ति खोस्ने निर्णय गरेको समाचारहरुमा उल्लेख गरीएको छ। सि चिनफिङले उज्बेकिस्तानमा रहँदा पूर्वप्रधानमन्त्री र पुर्वराष्ट्रपतिले राष्ट्रपतिविरुद्ध षड्यन्त्र रचेको पनि बताइएको छ ।
#PLA military vehicles heading to #Beijing on Sep 22. Starting from Huanlai County near Beijing & ending in Zhangjiakou City, Hebei Province, entire procession as long as 80 KM. Meanwhile, rumor has it that #XiJinping was under arrest after #CCP seniors removed him as head of PLA pic.twitter.com/hODcknQMhE
— Jennifer Zeng 曾錚 (@jenniferatntd) September 23, 2022
लगातार तेस्रो पटक राष्ट्रपति बन्ने सिको सम्भावनाका कारण पनि यो परिणाम आएको हुनसक्ने आशंका गरिएको छ। उनी खह्रो स्वभावका मानिन्छन्। ०७४ पुषमा नेपाल भ्रमण गरेका राष्ट्रपति सीले नेपालका तत्कालिन प्रधानमन्त्री केपी शमाए ओलीसँग भेटवार्ताका क्रममा तिब्बत, ताइवान, हङकङ र सिनज्यान विषयमा कुरा उठाएका थिए।
ओलीसँगको भेटमा उनले ‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने, कोसिस गर्ने जो–कोहीलाई पनि धुलोपिठो बनाउने’ चेतावनी दिएका थिए। त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्ने पनि उनले बताएका थिए।
सीले ओलीलाई माद्यम बनाएर दुनियाँलाई चेतावनी दिएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य हेडलाइन बनेको थियो । विश्व नै चकित परेको थियो। ओलीसँग सीले व्यक्त गरेको विचार भन्दै यो भनाइ पहिलोपटक चीनको सरकारी टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)ले सार्वजनिक गरेको थियो ।
यसबारेमा समाचार प्रकाशित गर्ने सबैजसो अन्तर्राष्ट्रिय मिडियाले मुख्यतः हङकङका प्रदर्शनकारी र त्यसलाई सघाउने अन्तर्राष्ट्रिय शक्तिलाई लक्षित गरेर सीको यो चेतावनी आएको टिप्पणी गरेका थिए । तिब्बत, ताइवान र सिनज्यान पनि यही प्रसंगमा जोडिएको उनीहरुको बुझाई थियो।







