भारतीय मूलधारका मिडिया र पश्चिमा जगतका पत्रकारहरुले सामाजिक संजालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको बारेमा विभिन्न प्रकारका टिकाटिप्पणी गरिरहेका छन्। सामाजिक संजालमा भइरहेको दाबीका अनुसार अनुसार चीनमा विद्रोह भएको छ। चिनियाँ सेनाले कम्युनिस्ट देशको सत्ता आफ्नो हातमा लिएको छ ।
हाल सम्म यी आरोपहरु अफवाह मात्रै हुन्। किनभने चिनियाँ सरकार र चीनका आधिकारिक मिडिया यस विषयमा मौन छन् । कतिपयले उज्वेकिस्तानबाट फर्किएपछि चिनियाँ राष्ट्रपतिले नियमअनुसार क्वारेन्टाइनको अवधि पूरा गरिरहेको पनि बताएका छन् ।
उज्बेकिस्तानमा भएको एससीओ (साङ्घाई सहयोग संगठन)को बैठकमा भाग लिएर चीन फर्किएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ कुनै पनि सार्वजनिक मञ्चमा देखा परेका छैनन्। सामाजिक सञ्जालमा चीनमा ‘कू’ भएको र सी जिनपिङलाई घरमै नजरबन्द गरिएको हल्ला चलिरहेको छ ।
विशेष कुरा के छ भने चिनियाँ राष्ट्रपति जिनपिङ तेस्रो कार्यकालको तयारीमा रहेका बेला यो अफवाह फैलिएको छ । यदि जिनपिङको तेस्रो कार्यकाल सुरु भयो भने यो चीनको राजनीतिक इतिहास बन्नेछ र सी जिनपिङ चीनका सर्वोच्च नेता माओ जिडोङपछि यस्तो गर्ने दोस्रो व्यक्ति हुनेछन्।
कसरी फैलियो हल्ला ?
चीनबाट भागेर अमेरिका पुगेका पत्रकार एक जाओ लान्जियानले ट्विटरमा बिना कुनै प्रष्ट प्रमाण विश्वभरबाट चीनमा हुने ठूलो संख्यामा उडान रद्द भएको दाबी गरेपछि चिनियाँ राष्ट्रपतिको बारेमा पनि हल्ला सुरु भएको थियो । यस दाबीमा चिनियाँ आध्यात्मिक आन्दोलन फाल्गुन गोंग र प्रसिद्ध चिनियाँ युट्युबर जेनिफर जेङले समर्थन गरेको मिडिया नेटवर्कले सी जिनपिङलाई प्रश्न गर्न थाले।
यसपछि एउटा भिडियो पनि भाइरल भयो, जसमा ठूलो संख्यामा सेनाको गाडी चीनको बाटोबाट गुडिरहेका देखिएका थिए । चिनियाँ राष्ट्रपति उज्बेकिस्तानबाट फर्किएपछि कुनै पनि सार्वजनिक कार्यक्रममा नआएपछि प्रश्न उठेको थियो । तर, चिनियाँ राष्ट्रपति क्वारेन्टाइनमा बसेको भनिएको थियो तर त्यतिन्जेल यो अफवाह विश्वभर आगोझैँ फैलिसकेको थियो ।
भारतीय राज्यसभा सांसद सुब्रमण्यम स्वामी फैलाए अनावस्यक हल्ला
भारतीय राज्यसभा सांसद तथा पूर्व केन्द्रीय मन्त्री सुब्रमण्यम स्वामीले चिनियाँ राष्ट्रपति बन्दि बनाइएको बारेमा एउटा ट्वीट गरेपछि भारतीय मिडिया यस विषयले ठाउँ पाएको थियो। स्वामीले ट्वीटमा लेखेका थिए, ‘के चिनियाँ राष्ट्रपति बेइजिङमा नजरबन्दमा छन् ? हालै सि जिनपिङ समरकन्दमा हुँदा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले सीलाई सेना प्रमुखको पदबाट हटाउँदा उनलाई घरमै नजरबन्द गरिएको हल्ला चलेको छ ।’
New rumour to be checked out: Is Xi jingping under house arrest in Beijing ? When Xi was in Samarkand recently, the leaders of the Chinese Communist Party were supposed to have removed Xi from the Party’s in-charge of Army. Then House arrest followed. So goes the rumour.
— Subramanian Swamy (@Swamy39) September 24, 2022
चिनियाँ सञ्चारमाध्यम पूर्ण रुपमा मौन
सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रपति बेपत्ता भएकोमा सारा विश्वले प्रश्न उठाइरहँदा पनि चीनका आधिकारिक मिडियाहरु भने मौन बसेका छन् । चिनियाँ सञ्चारमाध्यमले सधैं झैं सामान्य रुपमा समाचारहरू कभर गरिरहेका छन्। सी जिनपिङको नाममा कतै एउटा स्तम्भ पनि चलेको छैन। चिनियाँ सञ्चारमाध्यम मौन भए पनि चिनियाँ राष्ट्रपति सी जिनपिङ कहाँ छन् भन्ने प्रश्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कायमै छ ।
अर्कोतर्फ न्यूज हाईल्याण्ड भिजन वेबसाइटका अनुसार, चीनमा सत्ताको पतन भएको ठूलो दाबी गरेको छ। वेबसाइटका अनुसार चीनमा CPC केन्द्रीय समितिका सदस्यहरूको सुरक्षा गर्ने केन्द्रीय गार्ड ब्यूरो (CGB) को नियन्त्रण अब पूर्व चिनियाँ राष्ट्रपति हु जिन्ताओ, वेन जियाओबो र पूर्व स्थायी समिति सदस्य सोङ पिङले सम्पूर्ण सत्ता हातमा लिएको बताइएको छ । ।
जनरल ली क्विआओ राष्ट्रपति हुनेछन्!
चीनमा दोस्रो कार्यकाल पूरा गरेपछि सी जिनपिङ तेस्रो कार्यकालका लागि दृढतापूर्वक तयारी गरिरहेका छन्। नयाँ कार्यकाल अक्टोबर १६ देखि सुरु हुने भएको छ । चीनमा सीको तेस्रो कार्यकाल पुरा हुन नदिन बिद्रोह भएको भन्ने धेरै अफवाहहरू उत्पन्न भएका छन् । यी अफवाहहरू मध्ये एक हो कि अक्टुबर १६ मा, राष्ट्रपति सी जिनपिङ होइन जनरल ली क्याओको राष्ट्रपति हुने छन् ।
मिडिया रिपोर्टका अनुसार धेरै विज्ञहरूहरुले सी जिनपिङको घरमा नजरबन्दमा नभई हालै समरकन्दबाट फर्किएकाले चीनमा कडा कोरोना नियमका कारण क्वारेन्टाइनमा बसेको उनीहरुको बताएका छन्। चीनमा विदेशबाट आए पनि क्वारेन्टाइनमा बस्नुपर्ने नियम सबैलाई अनिवार्य गरिएको छ । विभिन्न मिडियामा फैलाईएको हल्ला जस्तो उनि नजरबन्दमा परेको हल्ला मात्र हो भन्ने विज्ञहरुको राय छ।







