मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

साउदी अरबमा युवराज सलमान प्रधानमन्त्रीमा नियुक्त

Himali Patrika 1 मिनेट पढाइ

साउदी अरबका राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले आफ्ना दोस्रो छोरा राजकुमार खालिद बिन सलमानलाई रक्षामन्त्री बनाएका छन् । उनी यसअघि उपरक्षामन्त्री थिए ।

यो परिवर्तनमा अर्का छोरा राजकुमार अब्दुलाजिज बिन सलमानलाई ऊर्जा मन्त्री नियुक्त गरिएको छ । साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी एसपीएले मंगलबार एक शाही आदेश जारी गर्दै राजा सलमानले यो घोषणा गरेको जनाएको छ । यो आदेश अनुसार विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद, वित्तमन्त्री मोहम्मद अल(जदान र लगानी मन्त्री खालिद अल(फलिह आफ्नो पुरानो पदमा कायम छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार साउदीका एक अधिकारीले युवराजको नयाँ जिम्मेवारी पहिले उनलाई दिइएको जिम्मेवारी जस्तै रहेको बताएका छन् । यो नयाँ पदमा उनले विदेश भ्रमणमा देशको प्रतिनिधित्व गर्ने र स्वदेशमा आयोजना हुने सम्मेलनको अध्यक्षता गर्नेछन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।