साउदी अरबमा युवराज सलमान प्रधानमन्त्रीमा नियुक्त

साउदी अरबमा युवराज सलमान प्रधानमन्त्रीमा नियुक्त

साउदी अरबका राजा सलमान बिन अब्दुलाजिजले आफ्ना छोरा तथा उत्तराधिकारी युवराज मोहम्मद बिन सलमानलाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनी यसअघि रक्षामन्त्री थिए । राजा सलमानले आफ्ना दोस्रो छोरा राजकुमार खालिद बिन सलमानलाई रक्षामन्त्री बनाएका छन् । उनी यसअघि उपरक्षामन्त्री थिए ।

यो परिवर्तनमा अर्का छोरा राजकुमार अब्दुलाजिज बिन सलमानलाई ऊर्जा मन्त्री नियुक्त गरिएको छ । साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सी एसपीएले मंगलबार एक शाही आदेश जारी गर्दै राजा सलमानले यो घोषणा गरेको जनाएको छ । यो आदेश अनुसार विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउद, वित्तमन्त्री मोहम्मद अल(जदान र लगानी मन्त्री खालिद अल(फलिह आफ्नो पुरानो पदमा कायम छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार साउदीका एक अधिकारीले युवराजको नयाँ जिम्मेवारी पहिले उनलाई दिइएको जिम्मेवारी जस्तै रहेको बताएका छन् । यो नयाँ पदमा उनले विदेश भ्रमणमा देशको प्रतिनिधित्व गर्ने र स्वदेशमा आयोजना हुने सम्मेलनको अध्यक्षता गर्नेछन् ।