मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

भारतको ठुलो उपलब्धि : देशका ८ शहरमा एकसाथ सुरु भयो फाइभ–जी मोबाइल सर्भिस

Himali Patrika 1 मिनेट पढाइ

१५ असोज, काठमाडौं । भारतमा फाइभ–जी मोबाइल सर्भिस औपचारिक रुपमा सुरु भएको छ । दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभ–जी मोबाइल सर्भिसको उद्घाटन गरे ।

यससँगै अल्ट्रा हाइस्पिड इन्टरनेटको बाटो खुला भएको छ । भारतका दिल्ली, मुम्बई, बेङ्गलुरु, बाराणसीसहित ८ शहरमा फाइभ–जी सेवा सुरु भएको हो । अर्को वर्षसम्म देशभर विस्तार गर्ने लक्ष्य छ ।

कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सर्भिस सुरु भएको जानकारी दिए । साथै २०२४ सम्म देशभर यो सेवा उपलब्ध गराउने उनले दावी गरेका छन् । रिलायन्स ग्रुपका अध्यक्ष मुकेश अम्बानीले भने भारतले फाइभ–जी सर्भिस सुरु गर्न ढिलो गरेको बताएका छन् ।

उनका छोरा आकाश अम्बानी रिलायन्स जियोका प्रमुख हुन् र रिलायन्स जियोले फाइभ–जी सर्भिस कहिले सुरु गर्ने भनेर बताएको छैन । तर मुकेश अम्बानीले भने २०२३ सम्म देशको हरेक कुनामा फाइभ–जी सर्भिस सुरु गर्ने दाबी गरे । यसको अर्थ रिलायन्सको फाइभ–जी सर्भिस एयरटेलभन्दा पहिला धेरै मानिसमा पुग्न सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।