मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

यस कारण सुरुभयो एलन मस्क र युक्रेनी राष्ट्रपतिको ट्वीटर युद्ध !

Himali Patrika 1 मिनेट पढाइ

१८ असोज, काठमाडौं । आफ्ना अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय रुपमै चर्चा र विवादमा आइरहने एलन मस्क यसपटक राजनीतिक कारणले विवादमा तानिएका छन् ।कुनै समय टुईटर किन्छु भनेर कस्सिएका मस्कले ट्वीटरमार्फत नै विवाद सिर्जना गर्दै आएका छन् । सोमबार टेस्ला कम्पनीका संस्थापक एलन मस्कले लगातार गरेका ट्वीटरले अन्तर्राष्ट्रिय राजीतिमा बखेडा निम्त्याएको छ ।

मस्कले ट्वीटमार्फत रुस-युक्रेनबीच चलिरहेको युद्धमा शान्ति कायम गर्ने योजना पेश गरेका थिए । तर, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले मस्कको ट्वीटको जवाफ फर्काएपछि संसारभरबाट मस्कको समर्थन र आलोचना दुवै भइरहेको छ ।

मस्कले रुसले आफ्नो नियन्त्रणमा लिएर युक्रेनी भूमिमा संयुक्त राष्ट्र संघको रोहबरमा जनमतसंग्रह गर्नुपर्ने, क्रिमिया रुसकै भूभाग भएको, क्रिमियामा पानीको आपूर्ति सुनिश्चित गर्नुपर्ने र युक्रेन निष्पक्ष रहनुपर्ने भन्दै ट्वीट गरे । यो ट्वीटमा उनले आफूले पेश गरेको योजना सही छ कि गलत छ भनेर बताउन पोल पनि बनाएका छन् ।

मस्क यतिमै रोकिएनन् उनले रुस-युक्रेन युद्धको परिणाम परमाणु युद्ध हुन सक्ने खतरा पनि औंल्याए । त्यसपछि फेरि उनले रुसले आफ्नो नियन्त्रणमा लिएका डोनबास र क्रिमिया क्षेत्रका जनताले आफू कुन देशसँग रहने भनेर निर्णय गर्न पाउनुपर्ने भन्दै ट्वीट गरे ।

मस्कको यस्तो ट्वीट देखेपछि युक्रेनका राष्ट्रपति जेेलेन्स्कीले टुईटर पोल बनाउँदै ट्वीट गरे, ‘तपाईंलाई कुन एलन मस्क मन पर्छ ?’ ट्वीटर पोलमा विकल्प पेश गर्दै उनले लेखे, ‘युक्रेनको समर्थन गर्ने वा रुसको समर्थन गर्ने ?’

एलन मस्कको ट्वीटमाथि लिथुयानिका राष्ट्रपति गितानस नौसडियाले समेत जवाफ फर्काएका छन् । ट्वीटलाई लिएर विवाद बढ्दै गएपछि मस्कले प्रतिरक्षामा आफूले चर्चित हुन यस्तो ट्वीट नलेखेको प्रष्टीकरण दिएका छन् ।

उनले युद्धका कारण मारमा परेका लाखौं मानिस र परमाणु युद्धको चिन्ताका कारण आफूले यस्तो ट्वीट लेखेको बताएका छन् । २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसयता यो युद्ध चलिरहेको छ । त्यस अगाडि सन् २०१४ मै रुसले क्रिमिया आफ्नो नियन्त्रणमा लिएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।