मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको निधन

Himali Patrika 1 मिनेट पढाइ

दिल्ली ।  भारतको उत्तर प्रदेश राज्यका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको सोमबार निधन भएको छ । उनी ८३ वर्षका थिए ।

समाजवादी पार्टीले ट्विट गर्दै गुरुग्रामस्थित मेदान्त अस्पतालमा यादवको निधन भएको जनाएको छ । उनलाई अक्टोबर २ देखि उक्त अस्पतालमा भर्ना गरिएको थियो । उनको सघन उपचार कक्षमा उपचार हुँदै आएको थियो । आइतबार अस्पतालले मुलायमसिंह यादवको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको र उनलाई जीवन रक्षाका औषधि दिएको जानकारी गराएको थियो ।

सन् १९३९ नोभेम्बर २२ मा उत्तर प्रदेशको इटावामा उनको जन्म भएको थियो । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उनी ३ पटक मुख्यमन्त्री बनेका थिए । ७ पटक लोकसभा र १० पटक उत्तर प्रदेश विधानसभाको सदस्यको रुपमा यादव निर्वाचित भएका थिए । उनी भारतको पूर्वरक्षामन्त्री समेत हुन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।