नयाँ दिल्ली: विश्भरका १ सय २१ देशहरूको विश्व भोकारी २०२२ को सूचकांकमा भारत १०१ स्थानबाट १०७ औं स्थानमा झरेको छ। उसका छिमेकी राष्ट्र पाकिस्तान, बंगलादेश, नेपाल र श्रीलंकाले पनि यो सूचकाङ्कमा भारतलाई पछि पारेका छन् ।
भोक र कुपोषण निगरानी गर्ने ग्लोबल हंगर इन्डेक्सको वेबसाइटले शनिबार सार्वजनिक गरेको रिपोर्टका अनुसार चीन, टर्की र कुवेत सहित१७ देशहरू जीएचआई स्कोर ५ भन्दा कम भएको सूचीमा शीर्ष स्थानमा छन्।
प्रतिवेदनलाई उद्धृत गर्दै, भारतीय कांग्रेसका सांसद र पूर्व केन्द्रीय वित्तमन्त्री पी चिदम्बरमले भने, ‘नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारको ८ वर्षमा, हाम्रो स्कोर २०१४ बाट खस्किएको छ। उनले ट्वीटरमा प्रश्न गर्दै लेखेका छन्, ‘माननीय प्रधानमन्त्रीले बालबालिकाको कुपोषण, भोक र असहायता जस्ता वास्तविक समस्यालाई कहिले सम्बोधन गर्ने? सन् २०२१ मा भारत ११६ देशको सूचीमा १०१ औँ स्थानमा थियो तर यसपटक १२१ देशको सूचीमा भारत ६ अंकले झरेर १०७ औं स्थानमा पुगेको छ । यससँगै, भारतको GHI स्कोर पनि घटेको छ ।
भारतको वरियतामा गिरावट आएपछि सरकारले गत वर्ष ग्लोबल हंगर इन्डेक्स गणना गर्ने विधि अवैज्ञानिक भएको भन्दै प्रतिवेदनको आलोचना गरेको थियो। सूचक जारी गर्ने संस्थाका अनुसार श्रीलंका ६४ औँ, नेपाल ८१, बंगलादेश ८४ र पाकिस्तान ९९ औँ नम्बरमा छन् । दक्षिण एसियामा भारतभन्दा अफगानिस्तान मात्रै पछाडी रहेको छ । यस सूचकाङ्कमा अफगानिस्तान १०९ नम्बरमा छ । सुडान, इथियोपिया, रुवाण्डा, नाइजेरिया, केन्या, गाम्बिया, नामिबिया, कम्बोडिया, म्यानमार, घाना, इराक, भियतनाम, लेबनान, गुयाना, युक्रेन र जमैका जस्ता देशहरू पनि यस सूचकाङ्कमा भारतभन्दा माथि छन् ।