मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 7 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्री लिज ट्रुसले दिइन् राजीनामा

Himali Patrika 1 मिनेट पढाइ

३ कात्तिक, काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रुसले दुई महिनामै राजीनामा गरेकी छिन् ।आफू जुन जिम्मेवारीका साथ प्रधानमन्त्री बनेको हो त्यो जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन् ।

आर्थिक तथा अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता रहेको बेला आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्मरण गर्दै उनले भनिन्, ‘जुन स्थितिमा कन्जरभेटिव पार्टीले जुन म्यान्डेड दिएर मलाई प्रधानमन्त्री चुनेको थियो, त्यसलाई मैले पूरा गर्न सकिनँ ।’

जिम्मेवारी छाडेको घोषणासँगै उनले कन्जरभेटिव पार्टीका नेता अर्को हप्ता चयन हुने र नयाँ प्रधानमन्त्री बन्ने उनले बताएकी छिन् ।उनले राजा चार्ल्सलाई भेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजनीनामा दिन लागेको जानकारी यसअघि नै गराएकी बताइन् । बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् ।

बुधवार राति संसद्को तल्लो सदन हाउस अफ कमन्समा फ्र्याकिङ भनिने तेल उत्खनन प्रक्रियासम्बन्धी मतदानको क्रममा देखिएका नाटकीय दृश्यहरू पछि नै उनको राजीनामाको चर्चा उठेको थियो। त्यसपछि त्यस्तो माग झन् चर्को हुँदै गएको थियो। प्रमुख विपक्षी दल लेबरका नेता कीअर स्टारमरले अब लिज ट्रसले राजीनामा दिएपछि देशमा नयाँ आम निर्वाचन हुनुपर्ने माग गरेका छन्।

“हिजो मात्र उनले आफू एक लडाकु भएको बताएकी थिइन्। तर सरकार, संसद् र कन्जरभेटिभ पार्टीमा यस्तो भद्रगोल खडा भयो कि उनले अब योभन्दा अघि बढ्न नसक्ने अवस्थामा आफूलाई पाएको हुनुपर्छ। अब जे हुन्छ त्यो आधुनिक समयमा ब्रिटेनमा देखिएको सबैभन्दा तीव्र गतिको सत्ता फेरबदलको घटना हुनेछ। यो अभूतपूर्व परिस्थिति हो र ब्रिटिश राजनीतिको एउटा अभूतपूर्व सङ्कट।”

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।