मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अयोग्य घोषित, अब चुनाव लड्न नपाउने

Himali Patrika 1 मिनेट पढाइ

इस्लामाबाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचन आयोगबाट ठूलो झट्का लागेको छ । निर्वाचन आयोगले शुक्रबार पूर्वप्रधानमन्त्री इमरान खानलाई सम्पत्ति लुकाएको आरोपमा अयोग्य ठहर गरेको छ ।

सत्तारूढ गठबन्धन सरकारका सांसदहरूले अगस्टमा पाकिस्तानको निर्वाचन आयोगमा इमरान खानविरुद्ध मुद्दा दायर गरेका थिए। उनले तोशाखाना नामक राज्य स्टोरबाट छुट मूल्यमा खरिद गरिएका उपहारहरू बिक्रीबाट आम्दानी गरेको दाबी गरेका थिए।  पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाको नेतृत्वमा रहेको चार सदस्यीय बेन्चले इस्लामाबादको ईसीपी सचिवालयमा इमरान खानविरुद्धको फैसला सुनायो।

अक्टोबर १७ मा मात्रै पाकिस्तानको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उनी र उनको पार्टीका नेताहरु विरुद्ध प्रतिबन्धित कोषको मुद्दामा निर्वाचन आयोगमा झुटो शपथपत्र पेश गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई अक्टोबर ३१ सम्म अन्तरिम जमानत दिएको थियो।

संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले गत हप्ता ६९  वर्षीय खान र उनको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीका अन्य वरिष्ठ नेताहरू विरुद्ध मुद्दा दर्ता गरेको थियो। एफआईआर अनुसार वूटन क्रिकेट लिमिटेडका मालिक आरिफ मसूद नक्वीले खानको पार्टीको नाममा दर्ता भएको बैंक खातामा “गलत रूपमा” पैसा ट्रान्सफर गरे।

प्रधानमन्त्री हुँदा खानले आफूले पाएका उपहारबारे राज्यका निकायलाई जानकारी नदिएको र तीमध्ये केही सामान बेचेको आरोप थियो। खानले पनि आफूले केही उपहार बेचेको स्वीकारेका थिए। आयोगको फैसलापछि खानका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै निर्वाचन आयोग आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।