भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सैनिक जवानहरुसंग दीपावली मनाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सैनिक जवानहरुसंग दीपावली मनाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगत आठ वर्षदेखि सैनिकसंग दिपावली मनाउँदै आएका छन् । सन् २०१४ मा नरेन्द्र मोदीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि नै उनले सधैं सैनिकसँग दिपावली मनाउने गरेका छन् । यस पटक प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाका जवानहरूसँग दिवाली मनाउने परम्परालाई कायम राख्दै जम्मू-कश्मीरको कारगिल द्रास जान सक्ने भारतीय मिडियाले लेखेका छन्।

प्रधानमन्त्री बनेपछि मोदीले सैनिकसँग लगातार दीपावली मनाउँदै आएका छन् । यसअघि उनले सीमा क्षेत्रका विभिन्न क्षेत्रमा सैनिकसँग दीपावली मनाएका थिए । २०१४  मा नरेन्द्र मोदी प्रधानमन्त्री बने। यसपछि २३ अक्टोबर २०१४ मा उनले प्रधानमन्त्रीको रुपमा सियाचिनमा सैनिक जवानहरुसंगै पहिलो दिवाली मनाए ।

प्रधानमंत्री बनेपछि २०१५ मा पनि प्रधानमन्त्री मोदीले पञ्जाबमा सैनिकहरूसँग दीपावली मनाए। उहिले उनी सन् १९६५ को युद्ध स्मारकको भ्रमण गर्न पनि गएका थिए ।प्रधानमन्त्री मोदी दीपावली मनाउन २०१६ मा हिमाचलको किन्नौर पुगेका थिए। यहाँ उनले भारत–चीन सीमा नजिकै सैनिकहरूसँग दीपावली मनाए ।

Europass CV in Nepal

२०१७ मा पनि प्रधानमन्त्री मोदीले सैनिकहरूसँग दीपावली मनाए। त्यसपछि उनी जम्मू कश्मीरको गुरेज पुगे ।२०१८ मा भने मोदीले उत्तराखण्डको हर्षिलमा इन्डो-तिब्बत सीमा प्रहरी जवानहरूसँग दीपावली मनाए।

यस सिलसिलालाई कायम राख्दै मोदीले २०१९ मा एलओसीमा सैनिकहरूसँग दीपावली मनाए। एलओसीमा तैनाथ सैनिकलाई भेट्न प्रधानमन्त्री मोदी राजौरी पुगेका थिए ।२०२० मोदीले जैसलमेरको लोंगेवाला पोस्टमा सैनिकहरूसँग दीपावली मनाए। गतवर्ष भने प्रधानमन्त्री नरेन्द्र मोदीले राजौरीको नौशेरा सेक्टरमा सैनिकहरूसँग दीपावली मनाएका थिए।

यसअघि पनि दीपावलीमा प्रधानमन्त्री मोदी लगातार विभिन्न ठाउँमा जाने गरेका छन् । उनी २१ अक्टोबरमा बाबा केदारनाथ र बद्रीनाथको दर्शन गर्न आएका थिए । त्यसपछि २३ अक्टोबरमा अयोध्याको दीपोत्सवमा सहभागी भएका थिए।