मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

रुसी सेनाको लज्जास्पद हारपछि खेरसनमा उत्सव मनाउँदै जनता 

Himali Patrika 1 मिनेट पढाइ

किभ : युक्रेनको खेरसनबाट रुसी सेना फिर्ता भएपछि युक्रेनी सेनालाई त्यहाँ ठूलो उत्साहका साथ स्वागत गरिएको थियो। सेनाको पछाडी हटेपछि, ओडेसा र किभबाट उत्सवका तस्बिरहरु बाहिर आइरहेका छन्।

सामाजिक सञ्जालमा आएको भिडियोमा स्थानीय जनता झण्डा बोकेर सडकमा आइ देशभक्तिको गीत गाउँदै सेनालाई स्वागत गरेको देख्न सकिन्छ ।आसियान शिखर सम्मेलनमा भाग लिन कम्बोडियामा रहेका युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले रुस खेर्सनबाट पछि हटेको घटनाले युद्ध हार्ने संकेत देखाएको बताए।

उनले भने, ‘हामीले अर्को युद्ध जितेका छौं। युद्ध सुरु भएपछि सुरुमा हामीले किभ जित्यौं, त्यसपछि रुसलाई उत्तर-पूर्वबाट पछि हट्न बाध्य पार्यौं, खार्किभ जित्यौं र अहिले खेरसानमा पराजित गरेका छौं।’ हामीले लडाइँ जित्ने भए पनि लडाइँ अहिलै नसकिएको उनले बताए। बीबीसी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।