मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

अमेरिकाको आकाशमा आपसमा ठोक्किए लडाकु विमान

Himali Patrika 1 मिनेट पढाइ

दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त भएका छन्।सैन्य लडाकु विमान प्रदर्शनका क्रममा आपसमा ठोक्किएको अलजजिराले जनाएको छ। ठोक्किएलगत्तै दुबै विमानमा आगलागी भएको थियो।

दुर्घटनाबाट भएको मानवीय क्षतिबारेको विवरण अझै सार्वजनिक भएको छैन।अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार दोस्रो विश्व युद्ध ताकाका बोइङ बी-१७ र बेल पी-६३ विमान आपसमा ठोक्किएका हुन्।

बी-१७ मा चालक दलका सदस्यसहित कम्तीमा चार जना उड्न मिल्ने र पी-६३ मा पाइलट मात्रै रहने बताइएको छ। दुर्घटनाग्रस्त जहाजमा कति सवार थिए भन्ने खुलाइएको छैन। यी विमानले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको विजयमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।