मुख्य सामग्रीमा जानुहोस्
Thursday, 8 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

विश्व चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने होडमा भारतीय अर्बपति मुकेश अम्बानी

Himali Patrika 1 मिनेट पढाइ

२७ कात्तिक, काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानी विश्व चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने होडमा देखिएका छन् । इंग्लिस सञ्चारमाध्यम ‘द मिरर’का अनुसार मुकेश अम्बानीले लिभरपुल किन्ने इच्छा देखाएका हुन् ।

प्रिमियर लिग महारथी क्लबका हालका मालिक फेनवे स्पोर्ट्स ग्रुप ९एफएसजी० ले लिभरपुललाई बिक्रीमा राखेपछि क्लब किन्ने होडमा अम्बानी पनि अघि सरेका हुन् ।एफएसजीले सन् २०१० मा लिभरपुल खरिद गरेको थियो । मिररका अनुसार एफएसजीले लिभरपुलको बिक्री मूल्य ४ बिलियन युरो राखेको छ ।

रिलायन्स इन्ड्रस्टिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत रहेका अम्बानी फोर्ब्सको सूचीमा विश्वकै सबैभन्दा धनीमा आठौं स्थानमा छन् । उनको सम्पत्ती करिब ९० बिलियन छ । यसबारेमा रिलायन्स कम्पनीले केही सार्वजनिक गरिसकेको छैन ।

लिभरपुलको मालिक कम्पनी एफएसजीले विज्ञप्ती जारी गर्दै तेस्रो पक्षबाट मालिक बन्ने चासोका प्रस्तावहरु आइरहेको जनाएको छ । अम्बानीको कम्पनी रिलायन्स इन्डियन प्रिमियर लिग ९आईपीएल० मा मुम्बई इन्डियन्सको मालिक हो । यसले भारतीय फुटबल महासंघ ९एआईएफएफ०सँग मिलेर इन्डियन सुपर लिग पनि सञ्चालन गरिरहेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।