ललितपुर-३ मा तोसिमा कार्की विजयी

ललितपुर-३ मा तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।

प्रतिनिधि सभातर्फ ३ ठाउँमा जितेको स्वतन्त्र पार्टीले समानुपातिकमा १ लाख मत कटायो

प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख २० हजार मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ ।

Europass CV in Nepal

त्यस्तै कांग्रेसले १ लाख ९७ हजार ५४३ मत प्राप्त गरी दोस्रोमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा समानुपातिकमा १ लाख १ हजार ५४३ ल्याएको छ । उसले प्रत्यक्षतर्फ काठमाण्डौका तीन वटा क्षेत्रमा जित हासिल गरेको छ ।

माओवादी केन्द्रले ९१ लाख ९५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार ७८८, जनता समाजवादी पार्टी, नेपालले १६ हजार ८४८, जनमत पार्टीले १६ हजार १७१, नेपाल मजदुर किसान पार्टीले १३ हजार ६१५ नेकपा (एकीकृत समाजवादी)ले ११ हजार ९५२, नागरिक उन्मुक्ति पार्टीले १० हजार २२६ र अन्यले ४५ हजार ९७८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौं-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी

काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्। नेकपा एमालेका श्याम घिमिरेलाई पराजित गर्दै पराजुली विजयी भएका हुन्।निर्वाचन आयोगका अनुसार पराजुलीले ८७४३ उनका निकटतम् प्रतिद्वन्द्वी ६८०० मत प्राप्त गरेका छन्। माओवादीको चुनाव चिन्ह लिएर लडेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६०६३ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।