दाङमा यसरी बजायो रविको स्वतन्त्र पार्टीले एमाले महासचिव शंकर पोखरेको घन्टी

दाङमा यसरी बजायो रविको स्वतन्त्र पार्टीले एमाले महासचिव शंकर पोखरेको घन्टी

घोराही। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ तीन वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थियो। जिल्लामा राजनीतिक वृत्तमा स्वतन्त्र पार्टीका उम्मेदवारले एमालेको मत काट्ने नभएर गठबन्धनको मत काट्ने चर्चा हुने गर्थ्याे। घण्टी चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र पार्टीका उम्मेदवारहरुले पनि सम्मानजनक मत प्राप्त गरेका छन्।

जुन मत एमालेको नभएर गठबन्धनको भएको नेताहरु बताउँछन्। एमालेले पनि आफ्नो संगठनमा कुनै तुष नरहेको र एकताबद्ध भएकाले एमालेको मत विभाजन नहुने बताउँथ्यो। के एमालेले भनेको जस्तै एमालेको मत विभाजन भएन त? यो समिक्षाको विषय होला ?

तर यसअघिको चर्चामा एमालेले स्वतन्त्र पार्टीका उम्मेदवारले गठबन्धनको मत काट्ने र आफूहरुलाई जित निकाल्न सहज हुने अनुमान गरेको थियो। यो अनुमान गठबन्धनको पनि थियो। किनभने कांग्रेसको गुटबन्धी तथा माओवादीलाई भोट हाल्न नरुचाउनेले विकल्पका रुपमा कण्टीलाई भोट हाल्ने अनुमान थियो। यो अनुसमान स्वतन्त्र पार्टीले पाएको मतले पनि केही पुष्टि गर्छ।

Europass CV in Nepal

क्षेत्र नम्बर २ मै स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर विशाल अधिकारले १५ हजार ८८५ मत प्राप्त गरेर तेस्रो भएका छन्।   ई.अधिकारीले यति धेरै मत गठबन्धनबाट काट्दासमेत एमाले महासचिव पोखरेलाई पुगेन । यस्तै क्षेत्र नम्बर १ मा स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले पछिल्लो मत परिणाम अनुसार १० हजार ९७२ मत प्राप्त गरेका छन्। जानकारहरु राष्ट्रिय स्वतन्त्र पार्टीले स्विंग मत र गठबन्धनको ७० प्रतिशत काटेको थियो भने एमालेको ४० प्रतिशत मत काटेको अनुमान गरेका छन्।

क्षेत्र नम्बर १ मा पनि स्वातन्त्र पार्टीका उम्मेदवार देबराज पाठकले पछिल्लो मत परिणाम अनुसार ८ हजार मत प्राप्त गरेका छन्। जसमा उनका प्रतिष्पर्धी मेटमणि चौधरीले १४ हजार ७०५ र शान्ता चौधरीले ११ हजार २९१ मत प्राप्त गरेका छन्। स्वतन्त्र पार्टीले सम्मानजनक रुपमा मत काट्दा समेत एमालेका उम्मेदवारलाई जित निकाल्न निकै सकस भएको छ।

किन हारे महासचिव पोखरेल ?

नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादीकी रेखा शर्मासँग झिनो मत अन्तरले पराजित भए। जुन दाङ एमालेका लागि मात्र होइन, एमाले पार्टीभित्रै निराशा बनाउने हार हो। पोखरेलले आफ्नो पार्टी बलियो भएको दाबी गर्दछन्। तर उनको दाबीले दाङमा खास सार्थकता पाउन सकेन।

०५१ सालमा चुनाव जितेका पोखरेल यस पटक जितेर दास्रो पटक संघीय संसदमा इनिङ गर्ने सोचमा थिए। तर उनको उक्त सोच पूरा हुन सकेन र उनी राजनीतिक जीवनको तेस्रो हार बेहोर्न बाध्य भए। उनले हार्नुको प्रारम्भिक विश्लेषणमा गठबन्धन भारी परेको देखिन्छ।

काँग्रेस र माओवादीले गएको स्थानीय तहको चुनावमा घोराही र तुलसीपुर उपमहानगरपालिकाबाहेक अन्य ८ स्थानीय तहमा जित निकालेको थियो। घोराही र तुलसीपुरमा पनि गठबन्धनमा इमान्दारिता हुन नसक्दा एमालेले जितेको चुनाव पछिको विश्लेषण थियो।

वैशाख ३० को निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत हेर्दा सत्ता गठबन्धनका दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गरी ३६ हजार ७८० मत र नेकपा एमालेले ३३ हजार ५९३ मत ल्याएका थिए।

स्थानीय तहको मत परिणामलाई हेर्दा पहिलो एमालेलाई आफ्नो पक्षमा जित निकाल्न कांग्रेसकाे भर पर्नुपर्ने थियो। एक्लै चुनावमा जित निकाल्ने सम्भव नदेखेपछि कांग्रेसको मत तानेर जित निकाल्ने रणनीतिमा महासचिव पोखरेल थिए।

तर यसपटकको निर्वाचनमा गठबन्धन दलहरुबीच इमान्दारिता देखियो। गठबन्धनका दलहरुको दरिलो साथले रेखा शर्मा विजयी भइन्। ‘समग्रमा हेर्दा गठबन्धनभित्र इमानदारिता हुँदा नै हामीले चुनाव जिऔँ’, कांग्रेसका एक नेताले भने, ‘विगतको पराजय भोग्नु परेको अनुभवबाट पाठ सिकेर यो चुनावमा हामी एकवद्ध उभियौं।’

Europass CV in Nepal