पहिलो हाफमै क्रोयसिबाट क्यानडाले खायो दुई गोल

पहिलो हाफमै क्रोयसिबाट क्यानडाले खायो दुई गोल

खेलको सुरुमै पछि परेको क्रोयसियाले लगातार दुई गोल गर्दै क्यानडाविरुद्ध अग्रता लिएको छ।दोस्रो मिनेटमा क्यानडाले गोल गरेपछि आक्रमक भएको क्रोयसियाले ३६ र ४४ औं मिनेटमा गोल गर्दै अग्रता लिएको हो।

मार्को लिभाजाले ४४ औं मिनेटमा क्रोयसियालाई अग्रता दिलाएका हुन्। त्यसअघि ३६ औं मिनेटमा एन्द्रेस क्रमारिकले बराबरी गोल गरेका थिए। दोस्रो मिनेटमा अल्फन्सो डेभिसले अग्रता दिलाए पनि क्यानडा त्यसलाई जोगाउन असफल भयो।

डेभिसको गोल जारी विश्वकपमा सबैभन्दा छिटो गोल भएको हो। ६७ सेकेण्डमा डेभिसले गोल गरेका थिए। आजको खेल जित्नै पर्ने दबाबमा क्यानडा छ। यो खेल हारे उसको विश्वकप सपना टुंगिने छ।

Europass CV in Nepal

Europass CV in Nepal