रविको नागरिकता र राहदानी विषयमा गल्ति पाइए हुन सक्छ कार्वाही ?

रविको नागरिकता र राहदानी विषयमा गल्ति पाइए हुन सक्छ कार्वाही ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको छ । प्रशासनले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको हो ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवाद अनुसन्धान गर्न पत्र आएको र कानुनी प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ। निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो।

Europass CV in Nepal

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो । आयोगले रविलाई ७ दिनको म्याद दिएर स्पष्टिकरण सोधेको थियो। तर, पछि आफनो क्षेत्र नभएको जवाफ दिएर आयोग पन्सिएको छ।

तर, प्रशासनको पत्राचारपछि जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको जनाएको छ।विदेशी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता खारेज हुने प्रावधान छ। लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनु पर्नेमा त्यसो नगरेको भन्दै गृह मन्त्रालयमा उजुरी परेको थियो।

उक्त उजुरी परेपछि गृहबाट काठमाडौं प्रशासनलाई पत्राचार गरिएको थियो। प्रशासनले प्रहरीलाई पत्राचार गरेपछि छानविन सुरु भएको हो। विदेशी नागरिकता त्याग्नु भन्दा पहिलै नेपाली राहदानी लिएको अनुसन्धानबाट देखिए लामिछानेलाई जरिवाना र कैद सजाय हुन सक्छ।

कसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदि लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एकवर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

 

Europass CV in Nepal