तीनवर्ष पहिला बोलेको कुराले तनावमा नव निर्वाचित संसद सोविता, हेर्नुस भिडियोसहित

तीनवर्ष पहिला बोलेको कुराले तनावमा नव निर्वाचित संसद सोविता, हेर्नुस भिडियोसहित

तीनवर्ष पहिले कुनै टेलिभिजनमा उनले बोलेको शब्दका कारण नवनिर्वाचित संसद सोबिता गौतम विवादमा तानिएकि छिन। उनले बलात्कार जस्तो संवेदनशिल कुरालाई हल्का रुपमा लिएको भन्दै धेरैलाई उनको आलोचना गरिरहेका छन्। उनको छोटो भिडियो सामाजिक संजालमा भाइरल भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी छिन।

उनले भनेकी छिन्– ‘अध्ययन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो । यहाँहरुको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’

सो कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर सामाजिक सञ्जालमा जनाईको आपत्तिलाई आफूले मनन गरेको उल्लेख गरेकी छिन् । सो बेलाको दिएको उदाहरण आजको अवस्थामा प्रयोग नगर्ने बताउँदै उनले अहिले आफू परिष्कृत भइसकेको बताएकी हुन् ।

Europass CV in Nepal

के भनेकी थिईन उक्त भिडियोमा सोविताले ?
भिडिओ क्लिप्समा उनले भनेकी छन्, ‘म आफ्नै उदाहरण दिन चाहन्छु। मलाई कसैले बलात्कार गर्‍यो। म पीडित महिला भएँ नि त, एउटा सिनारियो। अर्काे सिनारियो– कोही मान्छे आएर मेरो खुट्टा काटिदियो, दुईटै खुट्टा काटिदियो। अब दुईवटा इन्सिडेन्ट (घटना) लाई कम्पियर (तुलना) गरेर हेर्नुस्– म बलात्कृत महिला धेरै विचरा भएँ या मेरो कसैले खुट्टा काट्यो त्यो सोबिता विचरा भई? यसरी हेर्दा त खुट्टा काटेको जघन्य अपराध हो नि त! जिन्दगीभरि खुट्टा काटिएपछि त अब के गर्ने? मेरो जिन्दगी सकियोे!

तर बलात्कृृत हुँदैमा चाहिँ पुनःस्थापना हुनका लागि चाहिँ कुनै पनि गाह्रो छैन। अन्टिनेन अनलेस हाम्रो शरीरमा कुनै पनि हानि नोक्सानी हुँदैन। त्यसले दीर्घकालीन असरहरू केही पार्दैन, खालि समाजले चाहिँ त्यो बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो कि हामीले यस्तो ग्लोरीफाई गर्‍यौँ कि डलरहरू ल्याउने हैन, अनि समाजमा बलात्कार भन्नेबित्तिकै त्यल्लाई यस्तो ग्लोरिफाई गरेको कारण नै महिलाहरूचाहिँ बढी भावुक भाको जस्तो लाग्छ मलाई चैँ, यसलाई सामान्यीकरण गर्नुपर्छ।’