पोखराको आभ्या क्लबमा विवेक ओबरायले बिताए तीन घण्टा

पोखराको आभ्या क्लबमा विवेक ओबरायले बिताए तीन घण्टा

काठमाडौं । नेपालमा पारिवारिक भ्रमणमा रहेका बलिउड अभिनेता विवेक ओबराय र उनको परिवार सोमबार दिनभर पोखरामा व्यस्त रह्यो ।बिहान मुक्तिनाथ दर्शन गरेर फर्किएको ओबराय परिवार पोखराका विभिन्न स्थानमा घुमघामका साथै आभ्या क्लब र हिमालय गल्फ क्लबमा व्यस्त रह्यो ।

सुरेश ओबरायले हिमालय गल्फ कोर्षमा गल्फसमेत खेलेका थिए भने आभ्या क्लबमा नेपाली खानाको परिकारको निकै प्रशंसा गरेका थिए ।“पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि बलिउडका लागि पनि टाढा हुँदैन,” विवेकको भनाई थियो, “बलिउडका लागि पोखरा आकर्षकको केन्द्र हो । अहिलेसम्म पनि पोखरा विश्वकै सुन्दर ठाउँ भएर पनि प्रचार प्रसार नपुगेको जस्तो लाग्यो । अब भारतमा पुगेर यसबारेमा पनि मैले धेरैलाई जानकारी गराउनेछु ।”

आभ्या क्लबमा प्रबन्ध निर्देशक निरज लामाका अनुसार ओबराय परिवारले मार्सी चामलको खाना र मुस्ताङको दाल मन पराएका थिए ।“नेपालले यसलाई ब्रान्डिङ गर्न सक्नुपर्छ भन्ने उहाँको धारणा रहेको थियो,” लामाले बाह्रखरीसँग कुरा गर्दै भने, “पोखराको पर्यटन प्रवर्द्धनमा उहाँहरुको सहयोग महत्वपूर्ण हुने मैले देखेको छु ।”

Europass CV in Nepal

आगामी दिनमा बलिउडकर्मीलाई पोखरा घुम्न आउन आफूले प्रोत्साहन गर्ने विवेकको भनाइ थियो ।साथै सुरेश ओबरायले हिमालय गल्फ क्लबमा गल्फ खेलेका थिए ।“विश्वकै सुन्दर सहरमा यस्तो राम्रो गल्फ कोर्ष रहेछ, यसको प्रचार प्रचार पुगेन भनेर उहाँले भन्नुभयो,” क्लबका कार्यकारी निर्देशक किरण केसीले भने ।

केसीका अनुसार ओबराय परिवारको पोखरा भ्रमणले अन्तर्राष्ट्रिय चर्चा पाउने र आगामी दिनमा पोखरामा पर्यटन आउन सहज हुनेछ । ओबराय परिवार काठमाडौंमा केही दिन बिताएर पोखरा पुगेको हो ।