काठमाडौं । रवि लामिछाने नेतृत्वको पार्टीले पुराना दलहरु खासगरी कांग्रेस, एमाले र माओवादी केन्द्रको विकल्पमा उभ्याएर चुनावमा भोट मागेको थियो । पुराना दलहरुले प्रदान गर्ने सेवा प्रवाह कमजोर र विकृतिका कारक हुन सम्म भनेर ‘नो नट अगेन’ भनेर अभियान नै चलाएका थिए । तर, चुनावपछि जसका विरुद्ध लागेर चुनाव जितियो त्यही पक्षकाे पछि लागेर सरकार गए । अर्थात, नयाँ भन्नेले पुरानै भासमा लागे । त्यसमा पनि प्रचण्डसँग रवि बढ्ता दुश्मनी थियो ।
प्रचण्डविरुद्ध नै केन्द्रित भएर थुुुुप्रै टेलिभिजन कार्यक्रमहरु प्रशारण गरे । त्यतिमात्र होइन, प्रचण्डलाई चुनावमा हराउनका लागि चितवन ३ मा चुनाव लड्ने घोषणा गरेका थिए । त्यही घोषणाले चितवनमा बढेको माहोलले गर्दा प्रचण्ड चितवन छोेडेर गोरखा २ मा उक्लिए ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग निकटता भएका कारणले नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री भन्ने कार्यक्रम रविले सुरु गरेका थिए । जब प्रचण्डले ओलीलाई हटाएर प्रधानमन्त्री लगत्तै त्यो कार्यक्रमबाट रविलाई पनि हटाई दिए । त्यसपछि रवि प्रचण्डसँग झन् आक्रोशित भएका थिए ।
प्रचण्डविरुद्ध नै केन्द्रित भएर थुुुुप्रै टेलिभिजन कार्यक्रमहरु प्रशारण गरे । त्यतिमात्र होइन, प्रचण्डलाई चुनावमा हराउनका लागि चितवन ३ मा चुनाव लड्ने घोषणा गरेका थिए । त्यही घोषणाले चितवनमा बढेको माहोलले गर्दा प्रचण्ड चितवन छोेडेर गोरखा २ मा उक्लिए ।
चितवनबाट प्रचण्डलाई भगाएका रविले अन्तिममा ससुरा उद्धव पाैडेलका साथी विक्रम पाण्डेसँग सम्झौता गरे । चितवन ३ मा विक्रम पाण्डेलाई सहयोग गर्नेगरी रवि चितवन २ मा चुनाव लड्ने निर्णयमा पुगे । अन्तिम समयमा २ मा जानुको कारण ससुरा उद्धव पौडेलका साथी विक्रम पाण्डेलाई चुनाव जित्न सहज बनाईदिनु थियो ।
यसरी प्रचण्डविरुद्ध लागेका तिनै रवि अहिले प्रचण्डकै नेतृत्वकाे सरकारमा गएका छन् । जसरी पनि सरकार जाने र आफ्नो नागरिकताको विवाद सल्टाउने खेलमा रवि थिए । यो आराेप छानविनबाट सुरक्षित भएर वचावटका लागि सरकार जानका लागि निरन्तर केपी ओली र शेरबहादुर देउवासँग लागेका रवि अन्तिममा केपी ओलीको साथमा प्रचण्डसँग मिल्न पुगे ।
उनीले केपी ओली निवासमा २०७९ पुस १० गते आईतवार नै उपप्रधानमन्त्री दाबी गरेका थिए । तर त्यसदिन मन्त्रालयको नाम भने टुंगो लागेको थिएन । स्रोतहरुका अनुसार, त्यसदिन उनी गृह मन्त्रालय नै दाबी भने गरेका थिएनन । तर, साथीहरुसँग सल्लाह गर्छु भनेर निस्केका रविले गृहमा दाबी गरेका हु्न् । उनलाई कुनै अदृश्य शक्तिले गृह नछोड्न उक्साएको पनि स्रोतका दाबी छ । गृह मन्त्रालय नपाए सरकारलाई समर्थन नदिनेसम्मको धम्की समेत रविले दिएका थिए ।
सुरुमै गलत सन्देश जान नदिनका लागि अन्तिममा केपी ओली र प्रचण्ड आराेपबाट मुक्त हुनु अघि नै गृह मन्त्रालय दिन राजी भएको स्रोतका भनाइ छ । सरकारले विश्वासको मत ल्याएपछि मन्त्रालय हेरफेर हुन सक्ने पनि बताइएको छ ।
यता, रविको पार्टीभित्र भने भाँडभैलो सुरु भएको खबर छ । सरकारमा जाने वा नजाने भन्ने पनि विवाद भएको थियाे । त्यही कारणले केन्द्रीय सदस्य गणेश कार्कीले औपचारिक रुपमा फरक मत राखेका छन् । उनको फरक मतले पार्टीभित्र तनाव सिर्जना गराएको बताएको छ ।
यता, रवि लामिछाने बाहेक को को मन्त्री बन्ने भन्ने विषयमा पनि विवाद भइरहेको खबर छ । आकांक्षीहरुको संख्या धेरै भएकोले अहिले रविको पार्टीभित्र लफडा बढेको छ । समानुपातिक सांसदहरु छान्दा पनि विवाद भएको थियो । कार्यालयमा घेराऊ र आन्दोलन नै गरेर केही नेताहरु समानुपातिक सांसद बनेका थिए ।