कामको प्रसंसा नगरे हुन्छ खबरदारी सधैं गरिराख्नु होला : गृहमन्त्री लामिछाने

कामको प्रसंसा नगरे हुन्छ खबरदारी सधैं गरिराख्नु होला : गृहमन्त्री लामिछाने

१५ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयमा कानुनबमोजिम काम गर्न मन्त्रीलाई भेट्नु नपर्ने बताएका छन् ।

शुक्रबार साँझ फेसबुकमार्फत एक सन्देश सार्वजनिक गर्दै उनले गृह मन्त्रालयका कर्मचारीहरू नागरिकको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध रहेको बताएका छन् । ‘हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन,’ उनले भने, ‘हाम्रा कर्मचारी साथीहरू तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिबद्ध छन् ।’

मन्त्री बनेपछि बधाई तथा शुभकामना दिनेहरूलाई धन्यवाद ज्ञापन गर्दै उनले भेटघाट, फूलमाला, खादा गम्छाको शिलशिला रोकेर काममा लाग्नुपर्ने समय आएको उल्लेख गरेका छन् ।गृह मन्त्रालय हुने कामलाई यति समयभित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा लागेको उनले जानकारी दिएका छन् । मन्त्री लामिछानेले कामको तारिफ गर्न कन्जुस्याईं गरे पनि खबरदारी भने दिल खोलेर गर्न आग्रह गरेका छन् ।

Europass CV in Nepal

जीवन पाउनु र गुमाउनुको बेहिसाब बहीखाता हो जस्तो लाग्छ र बाल्यकाल देखि आजसम्म मैले आफ्ना तर्फबाट नगुमाएको र कहिल्यै नगुमाउने प्रतीज्ञा गरेको एउटै चिज इमानदारी हो। सम्पुर्ण माध्यमबाट प्राप्त बधाई शुभकामनाहरुका लागि यहिँ बाट धन्यवाद ट्क्र्याएको छु। अब भेटघाट, फुलमाला, खादा,गम्छाको शिलशिलालाई रोकेर निरन्तर काममा लाग्नु पर्ने बेला आएको छ। हाम्रो मन्त्रालयमा कानुन बमोजिमको काम गर्न मन्त्रीलाई नै भेट्नु पर्दैन। हाम्रा कर्मचारी साथीहरु तपाईंको हरेक समस्या सम्बोधन गर्न योग्य, सक्षम र प्रतिवद्द छन्। हामी, हुने कामलाई यति समय भित्र हुने र नहुने कामलाई यस कारण नहुने भनेर सेवा दिने तयारीमा छौं। हाम्रो कामको तारिफ गर्न कन्जुस्याइँ गरे हुन्छ तर खबरदारी चाहिँ दिल खोलेर गरिदिनु होला। जीवनमा आलोचक साथीहरू छन् र त सुखद यात्राहरु सम्भव भए। अबको यात्रामा पनि यसैगरी सघाउनु होला।

Europass CV in Nepal