सभ्यता पाठशाला : सभ्यता र संस्कारसंगै बालबालिकालाई अन्तराष्ट्रिय पाठ्यक्रम पनि सिकाउने

सभ्यता पाठशाला :  सभ्यता र संस्कारसंगै बालबालिकालाई अन्तराष्ट्रिय पाठ्यक्रम पनि सिकाउने

घोराही । राप्ती अञ्चलकै पहिलो मन्टेश्वरीको रुपमा दाङको घोराहीमा २०६९ सालमा स्थापना भइको युनाइटेड मन्टेश्वरी सभ्यता पाठशालाको रुपमा रूपान्तरण भएको छ ।

१० वर्षसम्म पूर्व प्राथमिक तहसम्म अध्यापन भइरहेको युनाइटेड सभ्यता पाठशालामा परिणत भएसँगै कक्षा पाँच सम्मको पठनपाठन हुने भएको छ । शनिवार एक समारोहकाबीच सभ्यता पाठशालाको उद्घाटन तथा अभिभावक भेला गरिएको छ । कार्यक्रमको उद्घाटन पूर्व सभामुख कृष्णबहादुर महराले गर्नुभएको थियो ।

सभ्यता पाठशालाले विद्यार्थीहरूको सिकाईलाई संस्कारयुक्त र नेपाली मौलिकता अनुरूपको बनाउनका लागि आफ्नै पाठ्यक्रम तयार गरेको छ । सो पाठ्यक्रमको नाम सभ्यता माला राखिएको छ ।

Europass CV in Nepal

सभ्यता मालामा हाम्रा संस्कार, चार्डपर्व, नाता सम्बन्धन, हाम्रो खानपिन तथा परम्पराको बारेमा जानकारी दिइने छ । ‘हामीले हाम्रा सन्तानलाई हाम्रो इतिहास, सभ्यता र संस्कारको बारेमा सिकाउन जरुरी छ,’ सभ्यता पाठशालाका अध्यक्ष महेन्द्र बुढाथोकीले भन्नुभयो, ‘हाम्रा विद्यार्थीहरूले शिक्षा मात्रै होइन हाम्रो समाज, माटो र सभ्यताको वारमा पनि बुझ्न जरुरी छ, हामी विद्यार्थीलाई त्यस्तै शिक्षा दिन्छौं ।’

सभ्यतामा अन्तराष्ट्रिय पाठ्यक्रम पनि समावेश गरिएको छ । ‘हामीले उत्पादन गरेका विद्यार्थीहरू विश्व बजारमा पनि राम्रोसँग प्रतिस्पर्धा गर्न सकुन् भन्ने हाम्रो मान्यता हो,’ सभ्यता पाठशालाका शैक्षिक संयोजक केशरमान बुढाथोकीले भन्नुभयो, ‘हाम्रो मौलिक पाठ्यक्रम र अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई समायोजन गरेर पठनपाठन गरिने छ ।’

सभ्यता पाठशालाले राप्ती अञ्चलमै पहिलो पटक नर्सको समेत व्यवस्था गरेको छ । विद्यार्थीहरूको स्वास्थ्यमा ख्याल गर्नका लागि नर्सको व्यवस्था गरिएको सञ्चालक कृष्णदेव थापाले जानकारी दिनुभयो । उहाँले विद्यार्थीको स्वास्थ्य निकै महत्वपूर्ण भएकाले यसतर्फ आफूहरूले ध्यान दिएको जानकारी दिनुभयो ।

सभ्यतामा स्विमिङ पुलको समेत व्यवस्था गरिएको छ । स्विमिङ शारीरिक तथा मानसिक स्वास्थ्यका लागि निकै महत्वपूर्ण रहेको सभ्यता पाठशालाका अर्का सञ्चालक लोकेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । बच्चालाई घोकेर नभएर गरेर सिक्ने वातावरण तयार गरिएको उहाँको भनाई छ ।

सभ्यता पाठशालाका प्रिन्सिपल चेतमान घर्ति मगरले अहिले ल्यव, लाइब्रेरी र इलाइब्रेरीको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वसभामुख महराले मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष उदय जिएमले सभ्यताले साँच्चिकै विद्यार्थीहरूलाई संस्कार र सभ्यता सिकाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रेस सेन्टर नेपाल, दाङका अध्यक्ष पाण्डव शर्माले विद्यार्थीहरूको चौतर्फी विकासका लागि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षक प्रतिक्षा गौतम, शिक्षक सुष्मा थापा, अभिभावकहरु राजकुमार धिताल र तिला सेनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Europass CV in Nepal