मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सम्बन्ध विच्छेद अघि नेपाल घुम्न छोरा-छोरीसहित आएका भारतीय जोडी, जाे विमान दुर्घटनामा परे !

Himali Patrika 1 मिनेट पढाइ

१६ जेष्ठ, काठमाडौं । तारा एयरको विमान दुर्घटना सँगै एक भारतीय जोडिसहित परीवारकै दुख:द तथा रोचक अन्त्य भएको छ ।

आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज मुस्ताङकै थासाङ – २ मा दुर्घटनाग्रस्त भएको पाइएको छ । उक्त जहाजमा एक भारतीय परिवारको पनि दुख:द अन्त्य भएको छ ।

जो परीवारका श्रीमान र श्रीमति नेपालको भ्रमण गरेर सम्बन्ध विच्छेदको तयारीमा थिए । तर उनीहरुको नेपाल भ्रमणकै क्रममा दुर्घटनामा परि निधन भयो । त्यहाँ सम्बन्ध विच्छेदको तयारीमा रहेका श्रीमान श्रीमति मात्रै परेनन् उनीहरुको एक छोरा र एक छोरीको पनि सँगै ज्यान गयो ।

चालक दलका ३ सदस्यसहित २२ जनाको मृत्यु भएको उक्त जहाजमा भारत महाराष्ट्रको ठाणेका पनि थिएछन् । तारा एयरका अनुसार उनीहरु एकै परिवारका चार जना थिएछन् । उनीहरु थिए, ‘अशोक त्रिपाठी (श्रीमान), वैभवी बाँडेकर–त्रिपाठी (श्रीमति) धनुष त्रिपाठी (छोरा) र छोरी ऋतिक त्रिपाठी (छोरी)।’

उनीहरु पनि दुर्घटनामा परेको जहाजमा सवार रहेको नेपालस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । अशोक र उनीकी श्रीमती वैभवीसँग यही साताभित्र सम्बन्ध विच्छेद हुन लागेको थियाे । उनीहरु अलग्गैसमेत बस्दै आएका थिए ।

उनीहरुको सम्बन्ध विच्चेदको मुद्धा अदालतमा थियो । अदालतले भनेको थियो, ‘अदालतले फैसला नआएसम्म परिवारलाई प्रत्येक वर्ष १० दिन सँगै रहन सक्नुहुन्छ।’

अदालतले दिएको उक्त समयमा उनीहरु आफ्नो चारैजना परीवार नेपाल घुम्ने योजनाकासाथ नेपाल आएका थिए । सो क्रममा उनीहरु मुस्ताङ घुम्न आएका थिए । तर उनीहरुको दुर्घटनामा परि ज्यान गएको छ ।

सम्बन्ध विच्छेदको तयारीमा रहेका उनीहरुका छोरा छोरी दुवै आमा वैभवीसँग बस्ने गरेको र अशोक भने एक्लै बस्ने गरेको बताइएको छ । वैभवीको माइतीतर्फ आमामात्रै रहेकोले आफ्ना छोराछोरीलाई आमासँगै राख्ने गरेको बताइएको छ।

वैभवी मुम्बईको बान्द्रा (कुर्ला) कम्प्लेक्सस्थित एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् भने छोरा धनुष इन्जिनियरिङमा उत्तीर्ण छन् भइसकेका थिए । त्यस्तै छोरी ऋतिका स्कुलमा पढ्ने गरेकी थिइन् ।

अशोक पनि एक धनाढ्या परीवारका सन्तान थिए । उनका बुबा पूर्वजिल्ला न्यायाधीश रहेको बुझिएको छ । यद्यपि उनका बुबा भने दिवांगत भइसकेका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।