साउदीमा सडक दुर्घटनामा दाङका हेमराज खत्रीले हात गुमाए

साउदीमा सडक दुर्घटनामा दाङका हेमराज खत्रीले हात गुमाए

वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका दाङ दङ्गीशरण गाउँपालिका वडा नम्बर ,५ सलौरा घर भएका हेमराज खत्रीले सडक दुर्घटनामा परि एक हात गुमाएका छन् । उनी हाल साउदीको रियादमा अलपत्र परेका छन् ।

मध्यम वर्गीय परिवारमा जन्मिएका खत्री वैदेशिक रोजगारीको क्रममा पाँच महिना अघि साउदी रियाद पुगेका उनी साउदीको रियादस्थित एक सप्लाई कम्पनीमा कार्यरत थिए । डिउटी गर्न जाने क्रममा उनी सडक दुर्घटनामा परेका थिए ।

दुर्घटना भएलगत्तै उनलाई हस्पिटलमा लगेपनि उनले आफ्नो एक हात गुमाउन पुगे । सवारी दुर्घटनामा परेर एउटा हात कुम नीर काटिएको अवस्थामा उनको कम्पनीले नेपाल खाली हात पठाउन लागिएको अवस्थामा सामाजिक ब्यक्तित्व मार्फत नेपाली राजदूतावासको उनी सम्पर्कमा पुगेका थिए ।

दूतावासले ईन्सुरेन्सको लागि कम्पनीलाई पहल गर्न लगाएको करिब एक महिना भइसक्यो तर अहिले कम्पनीले फोन पनि रिसिभ नगर्ने भन्दै पिडीत खत्रीले दुखेसो पोखेका छन । ‘अहिले कम्पनीले त जे गर्न सक्छन् गर’ भन्दै केहि वास्ता समेत नगरेको उनले बताए ।

स्वदेश फिर्ता हुने आशामा रहेका खत्रीको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले हेमराज खत्रीको लागि सहयोग अभियान संचालन गरिरहेका छन् । पीडितको घरमा उनका वृद्द बुवा आमा र श्रीमती रहेकी छन् । उनले सबैमा सहयोग गरिदिन आग्रह आग्रह समेत गरेका छन।

पीडित हेमराज खत्री
एभरेष्ट बैंक नेपाल
खाता नम्बर ,०३३००५०१२१३३४३