मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

भूलवश हस्ताक्षर भयो, रुपन्देही २ मा केशव थापालाई समर्थन छैन : केसी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देही २ मा सत्तारुढ गठबन्धनले समर्थन गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन नगर्ने भएको छ । सो क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गत बुधबार सत्तारुढ गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ चार दलको बैठकपछि जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भनी जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि हस्ताक्षर गरेका थिए ।

तर केसीले शुक्रबार विज्ञप्ति जारी गरी त्यस दिन भूलवश हस्ताक्षर हुन पुगेको बताएका छन् । ‘ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने गरी हाम्रो तर्फबाट भएको हस्ताक्षर भूलवश हुन गएको छ । हाम्रो पार्टीले उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिसुन्दर बासीलाई समर्थन र सहयोग गर्ने निर्णय भएको जानकारी यसै वक्तव्यमार्फत् सार्वजनिक गर्दछौँ’ केसीले विज्ञप्तिमा भनेका छन् । सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।