१३ कार्तिक, घाेराही । घाेराही उपमहानगरपालिका वडा नं १४ जनमैत्री टाेलका स्थानीयहरूले आफ्ना समस्याहरू गठबन्धनका उम्मेदवारहरूसँग राखेका छन् । उनीहरूले गठबन्धनका उम्मेदवारहरूले जिते मात्र विकास र समृद्धि सम्भव भएकाले आफूहरूले विजय गराउन सहयाेग गर्ने प्रतिबद्धता समेत जनाए । जनमैत्रि टाेलकि उपाध्यक्ष मनिराम वलीले यहाँका जनतालाई जिविका चलाउन गाह्राे भएकाे बताउनुभयो ।
उहाँले यहाँको सडककाे अवस्था नाजुक भएकाे, पुल देखि बस्तीसम्म आउने बाटाे ग्राभेल गर्नुपर्ने, नाला नहुँदा समस्या भएकाे, विजुलीका तारकाे उचित व्यवस्थापन गर्न आवश्यक भएकाे जानकारी दिनुभयाे ।
त्यसैगरी अर्का स्थानीय खाेलाकाे किनारमा तटबन्ध गर्न आवश्यक भएकाे बताउनुभयाे । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रेखा शर्माले गठबन्धनको विजय पछि मात्र समृद्धि सम्भव भएकाे बताउनुभयो । उहाँले महिला, दलित, जनजाति र पछाडि पारिएका वर्गकाे हितका लागि गठबन्धन कतिबद्घ भएकाे बताउनुभयाे । प्रदेशसभा सदस्य दाङ २ (१) का उम्मेदवार राजु खनालले गठबन्धनको विजय निश्चित भएकाे बताउनुभयाे ।





