कलाकारलाई चुनावी चटारो : निखिल उप्रेती होमिए एमालेको पक्षमा भोट माग्न

कलाकारलाई चुनावी चटारो : निखिल उप्रेती होमिए एमालेको पक्षमा भोट माग्न

काठमाडौँ । तिहार सकिएपछि यतिबेला चुनावको भाग दौड मच्चिएको छ। कलाकारदेखि व्यवसायी सम्म सम्म आफ्नो उम्मेदवार जिताउन लागि परेका छन्।  

अभिनेता निखिल उप्रेतीलाई पनि त्यस्तै  चुनावी चटारो लागेको छ  । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् । तर निखिल चुनावी उम्मेदवार चाहिँ होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी घरदैलोमा भोट माग्दै हिँड्नुको पछि कथा भने भिन्न छ ।

भइदियो के भने निखिलका दाजु हरि उप्रेती मंसिर ४ को चुनावमा सर्लाही-३ बाट प्रतिनिधिसभातर्फ एमालेका उम्मेदवार हुन् । पित्त थैलीको समस्याले उनका दाजु वीर अस्पतालमा भर्ना भएपछि चुनावी अभियान चलाउने जिम्मा निखिलको काँधमा आएको हो ।

Europass CV in Nepal

अहिले एमाले कार्यकर्तालाई लिएर निखिल दाजु हरिका लागि भोट माग्न व्यस्त छन् । चुनावसम्मै दाजुलाई सघाउने उनको योजना छ ।

 

 

Europass CV in Nepal