डेङ्गु सङ्क्रमणबाट २२ वर्षको उमेरमा पत्रकार चाँदनी अधिकारीको निधन

डेङ्गु सङ्क्रमणबाट २२ वर्षको उमेरमा पत्रकार चाँदनी अधिकारीको निधन

डेङ्गु सङ्क्रमणको कारण पत्रकार चाँदनी अधिकारीको २२ वर्षको उमेरमा निधन छ ।प्रेस सेन्टर नेपाल लमजुङ जिल्ला समितिकी सचिव तथा रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङकी समाचारवाचक समेत रहेकी पत्रकार अधिकारीको डेङ्गु सङ्क्रमणका कारण उपचारको क्रममा आज (बुधबार) बिहान चितवनमा निधन भएको सोही रेडियोका स्टेशन म्यानेजर रुद्रहरी ढकालले केटिएम दैनिकलाई बताए ।

ढकालका अनुसार केही दिनदेखि विरामी भएकी अधिकारीलाई सुरुमा स्थानीय अस्पतालमा नै उपचार गराइएको थियो । स्वास्थ्य परीक्षणमा डेङ्गु देखिएपछि र बिरामी वान्ता गर्न थालेपछि राती चितवन मेडिकल कलेज लगिएको हो ।

चितवन मेडिकल कलेजका चिकित्सकले अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषित गरेका हुन् । मृतक अधिकारीका श्रीमान् वैदेशिक रोजगारको लागि मलेसियामा छन् । श्रीमतीको निधनको खबर सुनेपछि उनी नेपाल आउन लागेको र श्रीमान् आएपछि मात्र दाहसंस्कार गरिने बताइएको छ ।

Europass CV in Nepal

Europass CV in Nepal