मुख्य सामग्रीमा जानुहोस्
Sunday, 6 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
विचार

पोखरामा देश रुवाउने घटना घट्यो तर पनि चुपचाप छन् बालेन्द्र शाह

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ। पछिल्लो समय नेपालमा धेरैले रुचाएका अर्थात् भनौँ चर्चामा रहेका काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिका दुईवटा मेयरले पोखरामा भएको देशै रुवाउने घटना प्रति मौन रहँदा उनीहरूप्रति धेरैले प्रश्न गर्न थालेका छन्। यद्यपि धरानका मेयर हर्क सामपाङले जहाज दुर्घटनाबारे आइतबार बेलुका करिव ८ : १३ बजे “विमान दुर्घटनामा ज्यान गुमाउने सबै प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु !” भन्दै एउटा सामान्य स्टेट्स लेखेका छन्। 

उता काठमाडौँ महानगरपालिका मेयर बालेन शाह भने चुपचाप छन्। न उनले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिएका छन् नत उनको कार्यालयबाट कुनै विज्ञप्ति नै जारी भएको छ। देशकै मुटुको रुपमा हेरिने काठमाडौँ महानगरपालिका, दुर्घटनाग्रस्त विमान उडेको  त्रिभुवन विमानस्थल समेत पर्ने महानगरपालिकाका मेयरले  कुनै प्रतिक्रिया बिना चुपचाप बस्नुले उनी काठमाडौँ बाहेक देशको अन्य भूभागमा भएको घटनाप्रति वेवास्ता गरेको देखिन्छ। 

युवा पुस्ताले आशा र भरोसा गरेका दुई जना मेयर हरुबाट देखाइएको यस्तो प्रतिक्रिया नेपाली युवाले प्रश्न गर्न थालेका छन्। आफ्नो क्षेत्रभन्दा माथि उठ्न नसक्ने, देश रोएको बेला मल्हमपट्टी गर्न प्रत्यय समेत गर्न नसक्नेहरूबाट हामीले के अपेक्षा गर्ने ?

बालेन मेयर मात्र होइनन्, उनी पब्लिक फिगर समेत हुन्। उनले दिने समवेदनाले घाटामा ज्यान गुमाएका आफन्तहरूलाई धैर्य धारण गर्ने शक्ति प्रदान हुन्छ। र्याप गायनकै क्षेत्रमा बालेन जस्तै ख्याति कमाएका पोखराका गायक आशिस राना लाउरेले पनि सामाजिक सञ्जाल आफ्नो फेसबुकमा  पुरै नेपालीका लागि कालो दिन भएको लेखेका छन्।

आइतबार भएको जहाज दुर्घटनाले पुरै देशलाई रुवाएको छ। देशी विदेशी नागरिक, कलाकार देखि पत्रकार एक, वर्ष नपुगेका नाबालक सम्मले ज्यान गुमाउँदा देश नरुओस पनि कसरी। मृतक सबैलाई श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस्। 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।