प्रचण्डकाे दस्तावेजमा दाङका विश्वराज आचार्यकाे ३४ बुँदे सुझाव

प्रचण्डकाे दस्तावेजमा दाङका विश्वराज आचार्यकाे ३४ बुँदे सुझाव

ऐतिहासिक दस्तावेज माथि आवश्यक सुझाव

१. ऐतिहासिक आठौं महाधिवेशनमा श्रद्धय अध्यक्ष कमरेडबाट प्रस्तुत राजनैतिक प्रतिवेदन माओवादी आन्दोलनको बैचारिक संश्लेषणको उच्चतम अभिव्यक्तिको रुपमा आएको छ । माओवादी धाराको विकास आन्दोलन नेतृत्व र सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बिचार श्रृंखला ‘प्रचण्डपथ’ को निरन्तरता (विकास चरण) को रुपमा यस दस्तावेजलाई व्यवस्थित गर्नुपर्ने छ । मैले प्रारम्भिक सुझाव र प्रतिकृया निम्नाअनुसार व्यक्त गर्न चाहन्छु ।

क) व्यवस्थापकीय पाटो

Europass CV in Nepal

१) अध्यक्ष कमरेडको स्पिडलाई बुझ्न र गूण गर्न सक्ने स्तरको नेतृत्वको टिम बन्न नसकेर हो कि महाधिवेशनमा प्रस्तुत बिचारकोस्तर र महाधिवेशनको व्यवस्थापनकोस्तरमा तादाम्यता मिलेको देखिएन् ।

२) गु्रप विभाजनमा आयोजकको मेहनत शुन्य बराबर देखियो । महाधिवेशनमा सबै क्षेत्रका कमरेडहरुसँग राजनैतिक, बैचारिक र भौतिक अन्तर घुल्य हुने अवसरबाट प्रतिनिधि वञ्चित भयौं भने स्थानीय अन्तरबिरोधले बिचार माथिको सघन छलफलाई प्रभावित पार्ने प्रवल सम्भावना देखियो ।

मैले प्रदेशको गु्रप विभाजनमा भए पनि १२ जिल्लाका कमरेड दुबै गु्रपमा पर्ने गरी विभाजन गर्ने प्रस्ताव राखे तर, जितहारको संज्ञा दिन व्यवहारीक र उ उपर्युक्त प्रस्ताव लत्याईयो । नेतृत्वलाई ठिक लाग्दा लाग्दै पनि उक्त प्रस्तावलाई कार्यान्वयन हुन सकेन । यसबाट के स्पष्ट हुन्छ भने व्यक्तिगत इगो, स्थानीय अन्तरबिरोधले बिचारको बहशमा प्रभाव पार्ने छ । अतः गु्रप विभाजन वैज्ञानिक विधिले हुन सकेन भन्ने मेरो निष्कर्ष हो ।

३) सबै आयोजकहरुलाई उपसमिति बनाई । ठोस जिम्मेवारी दिएको भए महाधिवेशनको अपनत्व ग्रहण गर्ने अवसर र सबै क्षेत्रमा परिचालन हुँदा व्यवस्थापनमा सहज र पूर्णता हुने थियो ।

४) अनुगमनको अभावमा व्यवस्थापकीय परिणाममुखी कार्य व्यवस्थापन भन्दा प्रदर्शनमुखी कार्यशैलीका कारण प्रतिनिधिहरुले व्यवस्थित महशुस गर्न पाएनौं ।

ख) राजनैतिक प्रतिवेदन बारे

अ) रुप पक्षको टीप्पणी सुझाव

१) महान जनयुद्धको प्रथम शहीद तथा महत्वपूर्ण (नेतृत्व) शहीदहरुको नम उल्लेखगरी श्रद्धाञ्जली च्याप्टर अलग गर्दा राम्रो हुन्थ्यो ।

२) मधेश आन्दोलन मनोविज्ञानलाई प्रभावित गर्ने कार्यहरुको रुपमा स्वीकार र व्याख्या गरेको हो कि रणनैतिक र सैद्धान्तिक रुपमा नै हामी माओवादीहरुले आत्मसाथ गरेका हौं । स्पष्ट हुन पाए राम्रो हुन्थ्यो ।

३) उट्पट्याङ गैर कम्युनिष्ट चरित्रको केपी वली प्रवृत्तिलाई व्यक्त गर्दा वली प्रवृत्ति मात्र भन्दा कुनै जातलाई निषेधको भावनालाई चोट पुग्ने हुँदा केपी प्रवृत्ति भनि उल्लेख गर्दा उपर्युक्त हुने छ ।

४) कतिपय परम्परागत धार्मिक शब्दहरु प्रयोग गर्दा त्यही कुप्रचारको अवसर पाउने हुँदा ध्यानम धनकुबेर लगायतका शब्दहरुमा अन्य शब्द उल्लेख गर्दा राम्रो हुने देखिन्छ ।

५) संगठनमा देखिएको अराजकता, तर्दथवाद र निराशालाई विधिबतरुपमा हल गरी राजनैतिक सैद्धान्तिक उर्जासँग सांगठनिक पहल लिन आवश्यक छ । सम्मेलन भएका महिनौं हुँदासम्म कतिपय प्रदेश, जनसंगठनहरुको पदाधिकारी टुंगो नलाग्नु विडम्वनापूर्ण छ । यस वारे नेतृत्वले समयमै पहल लिन आवश्यक छ ।

आ) प्रचण्डपथको निरन्तर विकास

बिचार संश्लेषणको ऐतिहासिक मोडमा हामी छौं । हिजो सबै विषय आन्दोलनको उर्जाकोरुपमा व्यक्त हुने गर्दथ्यो । प्रचण्डपथ युद्धको राजनैतिक, बैचारिक उर्जा थियो । आज प्रचण्डपथको विकशितरुपमा तथा स्तरमा बिचार संश्लेषण गर्न आवश्यक छ । हिजोको प्रचण्डपथलाई आजको आवश्यकता अनुरुप थप परिमार्जन र विकशित गर्दै लैजानु हामी क्रान्तिकारीहरुको दायित्व हो ।

‘वैज्ञानिक समाजवादको नेपाली बाटो’ नाममा बिचारलाई संश्लेषण गर्दा उपयुक्त सुझाव दिन चाहन्छु । अध्यक्ष कमरेडले प्रस्तुत प्रतिवेदनमा घटाउनुपर्ने कुनै विषय छैनन् । तर, थप्दा उपर्युक्त हुने विषय सुझावको रुपमा पेस गर्न चाहन्छु ।

१) हामीले हाम्रो पार्टीको मार्गचित्र प्रस्तुत गर्दा, नेपालको समग्र समस्या समाधानको महसुश नेपाली जनताले गर्ने स्तरको हुनुपर्दछ । कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने दुविधा बाँहेक सम्पूर्ण कार्यकर्ता जसरी उत्साहित भएका छौं । तयही स्तरमै जनसमुदाय उत्साहित हुने विषयलाई उठान गर्न आवश्यक छ । तव मात्र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सकिने छ ।

२) राजनैतिक दलको हैसियत जनताको सहयोगमा संविधान संशोधन गर्न सक्ने भएको हुँदा हामीले देश र जनताका समस्या समाधानका साथै उत्साति र सहभागी बनाउने नीति समावेश गर्नुपर्दछ ।

३) माओवादीको विदेश नीति के हुने ? राजनैतिक रुपमा स्पष्ट विवेचनासँगै नजस्तरमा बुझ्ने गरी नीति प्रस्तुत गर्न आवश्यक छ ।

४) विकशित देश र अल्पविकशित, विकाशाउन्मुख देशको अन्तर विरोध परिचालन गर्ने आधारभूत नीतिगत कार्यक्रम दिन आवश्यक छ ।

५) पुजिपति शोषणको नयाँ रुपाको व्याख्या अव्वल मथिलङ रन्थनिन गरी भएको छ । पुजि–उत्पादन–पुजि अनि मात्र मुनाफाको सिद्धन्तलाई जनस्तरमा बुझ्ने गरी थप व्याख्याको आवश्यक छ । साम्राज्यवादी एकाधिकार पुजिको विरुद्धमा अवलम्वन गरिने मौद्रीक नीति, पुजिबजार नीति स्पष्ट हुन आवश्यक छ । सगम्र बहशलाई नेपाली धितोपत्र बोर्डसँग जोडेर केही मुट्ठीभर दलाल पुजिपतिले अर्वौ मुनाफा लिएको वर्तमान अवस्थामा हाम्रो पार्टीले नेपाली धितोपत्र वोर्ड वारे स्पष्ट धारणा राख्न आवश्यक छ ।

६) समाजिक सुरक्षा नीति वारे हाम्रो पार्टीको धारणालाई हामीले यस दस्तावेजमा उल्लेख गर्द आवश्यक छ ।

७) नेपाली सुरक्षा नीति, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र अनुसन्धान विभाग वारे हाम्रो पार्टीले आफ्नो धारणा र योजना दस्तावेजमा उल्लेख गर्दा युद्धकाल देखि रहि आएका केही असमझदारीहरु हट्दै जाने र नयाँ पहलकदमी आउने छ ।

८) कर्मचारी परिचालन नीति र हाम्रो अवधारणा यस दस्तावेजमा उल्लेख गर्न आवश्यक छ । तलवका आधारमा चन्दा उठाएको ह्याङ ओभरविरोधीको भ्रम अझै कतिपय ठाउँमा कायमै छ ।

९) भुमिसुधार र भुमि व्यवस्थापन बारे हाम्रो पार्टीको स्पष्ट नीतिलाई थोरै भए पनि उल्लेख गर्न आवश्यक छ ।

१०) आयात प्रतिस्थापन र निर्या वृद्धि गर्ने नेपाली उत्पादन बढाउने र प्रयोग गर्ने नीति प्रतिवेदनमा उल्लेख गर्न आवश्यक छ ।

११) कृति उत्पादन बृद्धि र प्रोत्साहन गर्ने नीतिगत अवधारणा थोरै भए पनि उल्लेख गर्दा राम्रो हुने छ । कृषि प्रधान वारे बोल्न आवश्यक छ ।

१२) मजदुरहरुको श्रमको उचित ज्याला, सुरक्षा वारे उल्लेख गर्न आवश्यक छ ।

१३) राष्ट्रिय पुजिको विकास गर्न उद्योग नीति बनाई उतपादनमा जोडेर प्रोत्साहनको नीति ल्याउनुपर्द छ ।

१४) उर्जा, जलस्रोतलाई जनसहभागिता बनाउँदै सिचाईलाई व्यवस्थित गर्न र उर्जालाई आर्जनसँग जोड्ने नीति बनाउन आवश्यक छ ।

१५) गैर आवासीय नेपालीहरुको पुजि, सीप र अनुभवलाई नेपालमा प्रयोग गर्ने नीति अवलम्वन गर्न आवश्यक छ ।

१६) वैदेशिक रोजगार वाध्यता भएको र समाधानका पहलहरु बारे थोरै उल्लेख गर्दा उपर्युक्त देखिन्छ ।

१७) आयात र व्यापारमा कर र भञ्सार असुलियमा टिकेको वर्तमान अर्थव्यवस्थालाई सुधार गर्दै समाजवादउन्मुख बनाउन व्यापार नीति वारे दस्तावेजमा बोल्न आवश्यक छ ।

१८) हिजो सञ्चालित जनसरकारले लिएको पर्यटन नीतिल तत्कालिन आवश्यकता केही हदसम्म पुरा गरेको र हालसम्म केही भ्रम यथाबत रहेको हुँदा हाम्रो पार्टीको वर्तमान पर्यटन नीति उल्लेख गर्न आवश्यक छ ।

१९) आन्दोलनको चरणमा उठाएका शिक्षा, स्वास्थ्य सम्बन्धि मुद्धालाई समयसापेक्ष र क्रान्तिकारी बनाइराख्ने हाम्रो पार्टीले अवलम्वन गर्ने शिक्षा नीति र स्वास्थ्य नीतिको सैद्धान्तिक र नीतिगत अवधारणा छोटोमा समावेश गर्न आवश्यक छ ।

२०) धर्म संस्कृति बारे हाम्रो पार्टीको धारणा संभवसम्म उल्लेख गर्न आवश्यक छ । हिजो हाम्रो कार्यशैलीमा देखिएका समस्याले पारेको प्रभाव र वर्तमान हाम्रो स्खलित आस्थाहरुले पारेको भ्रमले कार्यकर्ता र जनस्तरमा ठूलो भ्रम परेको छ । पार्टी पंक्तिमा यस बारे आधारभूत बुझाई हुन आवश्यक छ ।

२१) वर्तमानमा निकै चर्चामा रहेको सर्वोच्च अदालत छ । न्यायपालिका बारे हाम्रो सैद्धान्तिक अवधारणा दस्तावेजमा उल्लेख गर्न सान्र्धभिक हुने छ । साथै सर्वसाधारणलाई न्यायमा सहज पँहुच हुने गरी व्यवस्थापनको विषय उठाउन आवश्यक छ ।

२२) सबैभन्दा बढी मानव शोषण गर्नेहरुबाटै मावन अधिकारको प्रचार गरिने वर्तमान अवस्थामा वास्तविक रुपमा मानव अधिकरा के हो ? र कसरी पालना गर्ने भन्ने विषयमा उल्लेख गर्दा राम्रो हुन्छ ।

२३) जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार सुद्धिकरणको आधारको रुपमा गरिएको व्याख्यालाई नयाँ परिस्थितिमा थप परिमार्जन सहित यस दस्तावेजमा उल्लेख गर्न आवश्यक छ । स्थानीय, प्रदेश, संघीय सरकार र पार्टी बिचको अन्तरविरोध, जनता र पार्टी बीचको अन्तरविरोध, कार्यकर्ता र नेता बीचको अन्तरबिरोध पहिचान र समाधानको उपाय सहितको व्याख्या आवश्यक छ । त्यसो गरेर मात्र प्रचण्डपथको विकशित बिचारको रुपमा यस दस्तावेजलाई लिन सकिन्छ ।

२४) अन्तरराष्ट्रिय भाइचाराहरुसँगको सम्बन्ध, सम्पर्कको विकास र विस्तारमा जोड दिन आवश्यक छ ।

२५) कुटनौटिक मर्यादा कायम गर्दै राष्ट्रियताका बारे केपीले पारको भ्रम चिर्दै वास्तविक राष्ट्रवादी माओवादी नै हो भनि जनतालाई स्पष्ट पार्न, भुमि अतिक्रमण र सीमा विवाद, एमसीसी लगायत वैदेशिक हस्तक्षप बारे बोल्न आवश्यक छ ।

२६) बिचारले कार्यक्रम जन्माउछ भने संगठनले कार्यान्वयन गर्द छ । बिचार अनुसार संगठन हुन सकेन भने बिचार निस्प्रभावित हुन्छ । त्यसैले संगठन सुधारको स्पष्ट अवधारणा यसै दस्तावेजमा उल्लेख गर्न आवश्यक छ । अनुगमन, निर्देशनलाई व्यवस्थित गर्ने । कमिटीको निर्णयको आधारमा भएका सिफारिसलाई मान्यता दिने परिपाटीको विकास गर्ने । कमिटीमा स्वच्छ बहस र प्रतिस्पर्धाको विधिको विकास गर्ने, जिम्मेवारी पाउनेले मनोमानि गर्ने र नपाउनेले उच्छृङ्कल आलोचना गर्ने सबै प्रकारका केनद्र देखि सेल सम्मका सांगठनिक अराजकतालाई निरुत्साहित र निस्तेज गर्ने नीतिगत अवधारणा गराउन आवश्यक छ ।

२८) बलिदानलाई सम्मान गर्ने संस्कारको विकास गर्न यस महाधिवेशनले नीतिगत निर्णय गर्न आवश्यक छ । शहीद परिवार, घाइतेहरुलाई पार्टी कमिटीले गर्ने व्यवहार सफलता मापकको सुचि बनाईनुपर्द छ ।

२९) जनयुद्धमा सबै प्रकारका सहयोग गरेका जनसमुदायलाई सम्मान सहित अभिलेखिकरण गर्ने अभियान सञ्चालन गर्नुपर्छ ।

३०) निरन्तर क्रान्तिको सिद्धान्तनै कम्युनिष्टको आधारभूत सिद्धान्त हो । संघर्ष र सम्झौता गर्दा पनि यस सिद्धान्तलाई दह्रो गरी आत्मसाथ गर्नुपर्द छ । समय रहँदै संघर्ष र समय रहँदै सम्झौताको महतव हुने गर्द छ । समय सकिए पछिको सम्झौताको पनि र संघर्षको पनि खासै अर्थ रहँदैन । यस बारे संगठित छलफल र निष्कर्ष हरेक कमिटीमा अनिवार्य हुने गर्द छ ।

३१) बिहानीले सिंगो दिनको झल्को दिन्छ भने जस्तै महाधिवेशनबाट बिचारसँगै संगठनको पूर्ण रुपमा दिन आवश्यक छ । विगत हेर्दा प्रदेश सम्मेलनले अझैसम्म पूर्णता पाएको छैन । यस महाधिवेशनका सम्पूर्ण जिम्मेवारी पुरा गरेर सम्पूर्ण उत्साह अभिव्यक्त गर्न आवश्यक छ । अधुरो अपुरो टुंग्याउने, स्थगित गर्ने जस्ता कार्य नगर्नु हुन आयोजकलाई अनुरोध छ ।

३२) प्रत्यक्ष निर्वाचित बढीमा ११ सदस्यीय पदाधिकारीको व्यवस्था गर्नु सान्र्धविक हुने छ ।

३३) एक व्यक्ति बढीमा दुई पटक सम्म पार्टीको एउटा पदमा उम्मेदवार र निर्वाचित हुन पाउने व्यवस्था गर्नुपर्छ ।

३४) मनोनित (पार्टी, सरकार) हुनेहरु पनि एउटा पदमा बढीमा दुई पटक मात्र हुने पाउने व्यवस्था गर्नुपर्छ ।

माथि उल्लेखित प्रारम्भिक सुझावहरु हुन् । एक पटक सरसर्ति पढेको सुनेर गरिएको सुझाव र प्रतिकृया असान्र्दभिक हुन सक्छ । मेरा सुझाव र सयौं कार्यकर्ताको जायज सुझावलाई समावेश गरी यस दस्तावेजलाई ‘वैज्ञानिक समाजवादको नेपाली बाटो’ नामाकरण गरी नेपाली कम्युनिष्ट आन्दोलनको बिचार, संश्लेषण प्रचण्डपथको उच्चतमरुपमा अभिव्यक्त गर्नुपर्द छ भन्ने मुल सुझाव पेस गर्न चाहन्छु ।

विश्वराज आचार्य, दाङ

 

Europass CV in Nepal