मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
राेल्पा

रुन्टिगढी गाउँपालिका-५ का अध्यक्षद्वारा काम नभएको योजना पास गर्न प्राबिधिकलाई दबाब

Himali Patrika 1 मिनेट पढाइ
  • बिरेन्द्र घर्ति

राेल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष गाेबिन्द बहादुर डाँगीद्वारा काम नभएको योजना पास गर्न प्राबिधिकलाई दबाब दिएको खबर सार्वजनिक भएको छ ।

एक स्थानियका अनुसार वडा न. ५ धौलवाङ प्रहरी चौकी नजिकै रहेको कुङग्री खेल मैदानको काम भएको छैन तर वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीले प्राबिधिकलाई योजना पास गर्न दबाब दिएको खबर बाहिरिएकाे बताउनुभयो ।

उहाँका अनुसार उक्त योजना वडा कार्यालयको २०७९/०८० बजेटमा विनियोजित बजेट हो । सो कुङग्री खेल मैदानको लागि रु. १,००,००० बजेट विनियोजित छ उहाँले भन्नुभयो ।

त्यस प्रश्रात हामिले उँहाको भनाई अनुसार यस बिषयमा वडा नं. ५ का प्राबिधिक महेश डि.सीलाई के हो भनेर सोधेका छौ ।

के तपाईलाई काम नभएको योजना पास गर्न तपाइको वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीद्वारा दबाब आएको हाे ?

उहाँले वडा अध्यक्षको बचाउ गदै भन्नुभयो दबाब होइन, पास गर्नुपर्यो भनेर आग्रह चाहि गर्नुभएको थियो ।

तपाईलाई आग्रह गर्नु भनेको दबाब दिनु हाेइन र ?

उहाँले भन्नु भयो तपाई आफै बुझनुहाेस ।

तपाईले त्यो योजना किन पास नगरेको ?

उहाँले भन्नु भयो योजना र स्टिमेट अनुसार काम भएको छैन, मैले गरिन ।

त्यहाँ कामै भएको छैन कि सामान्य काम भएर योजना पास गर्न खोजिएको ?

उहाँले भन्नुभयो काम गरेको जस्तो गरिएको छ, कुनै काम भएको छैन ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।