मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
राेल्पा

बेल बहादुर दमाईले रोल्पाका प्रमुख जिल्ला अधिकारी बिरुद्द अदालतमा मुद्दा दर्ता

Himali Patrika 1 मिनेट पढाइ

२३ भदौ, राेल्पा । रोल्पा गंगादेवका बेल बहादुर दमाईले प्रमुख जिल्ला अधिकारीलाई उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गराएका छन । प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यलय रोल्पा, जिल्ला प्रहरी कार्यलय रोल्पा, इलाका प्रहरी कार्यलय घर्तीगाउँ रोल्पा र प्रहरी चौकी जिनाबाङ रोल्पालाई समेत विपक्षी बनाई मुद्दा दर्ता गराएका हुन ।

दमाईले आफुलाई फौजदारी कसुरको बिषयमा अनुसन्धान गर्न गैरकानुनी रुपमा धरपकड गर्न सक्ने भन्दै उक्त कार्य रोक्न उच्च अदालत तुलसीपुरमा उजुरी दिएका थिए । उनको उजुरीका आधारमा अदालतले कानुन बमोजिम बाहेक निवेदकलाई कुनैपनि बहानामा धरपकड गर्ने, शारीरिक वा मानसिक यातना दिने, अनावश्यक दु:ख हैरानी दिने कार्य नगर्न उच्च अदालत तुलसीपुरले आदेश जारी गरेको छ ।

अदालतले भाद्र २० गते आदेश जारि गरेको थियो भने उक्त मुद्दा हाल तामेलीमा रहेको छ ।

बेल बहादुर दमाईले यस अघिपनि गंगादेव गाउँपालिकाको नाम फेर्ने बिषयलाई लिएर स्थानीयतह बिरुद्द सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनि रोल्पा जिल्ला गंगादेव गाउँपालिका २ सानडाँडाका हुन । पाेष्टपाटीबाट साभार

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।