बेल बहादुर दमाईले रोल्पाका प्रमुख जिल्ला अधिकारी बिरुद्द अदालतमा मुद्दा दर्ता

बेल बहादुर दमाईले रोल्पाका प्रमुख जिल्ला अधिकारी बिरुद्द अदालतमा मुद्दा दर्ता

२३ भदौ, राेल्पा । रोल्पा गंगादेवका बेल बहादुर दमाईले प्रमुख जिल्ला अधिकारीलाई उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गराएका छन । प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यलय रोल्पा, जिल्ला प्रहरी कार्यलय रोल्पा, इलाका प्रहरी कार्यलय घर्तीगाउँ रोल्पा र प्रहरी चौकी जिनाबाङ रोल्पालाई समेत विपक्षी बनाई मुद्दा दर्ता गराएका हुन ।

दमाईले आफुलाई फौजदारी कसुरको बिषयमा अनुसन्धान गर्न गैरकानुनी रुपमा धरपकड गर्न सक्ने भन्दै उक्त कार्य रोक्न उच्च अदालत तुलसीपुरमा उजुरी दिएका थिए । उनको उजुरीका आधारमा अदालतले कानुन बमोजिम बाहेक निवेदकलाई कुनैपनि बहानामा धरपकड गर्ने, शारीरिक वा मानसिक यातना दिने, अनावश्यक दु:ख हैरानी दिने कार्य नगर्न उच्च अदालत तुलसीपुरले आदेश जारी गरेको छ ।

अदालतले भाद्र २० गते आदेश जारि गरेको थियो भने उक्त मुद्दा हाल तामेलीमा रहेको छ ।

Europass CV in Nepal

बेल बहादुर दमाईले यस अघिपनि गंगादेव गाउँपालिकाको नाम फेर्ने बिषयलाई लिएर स्थानीयतह बिरुद्द सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनि रोल्पा जिल्ला गंगादेव गाउँपालिका २ सानडाँडाका हुन । पाेष्टपाटीबाट साभार

Europass CV in Nepal