मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
लुम्बिनी प्रदेश

मुलुक समृद्धिको नेतृत्व माओवादीले मात्रै गर्न सक्छ : आचार्य

Himali Patrika 1 मिनेट पढाइ

सन्तोष डाँगी

दाङ, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ ले मुलुक समृद्धिको नेतृत्व माओवादीले मात्रै गर्न सक्ने बताउनुभएको छ ।

माओवादी केन्द्र गढवाको बैठकलाई संवोधन गर्दै आचार्यले जनवादी क्रान्तिको मुख्य नेतृत्व माओवादीले गरेकाले समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले मात्र गर्न सक्ने बताउनुभएको हो ।

आचार्यले अहिले प्राप्त उपलब्धिहरुको रक्षा गर्दै मुलुकलाई समाजवादतर्फ लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘जनताका आधारभूत आवश्यकताहरु पूर्ति गर्दै मुलुक समृद्धिको दिशामा जानैपर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले देश माओवादीको एजेण्डामा चलिरहेको छ, अहिलेका सम्पूर्ण उपलब्धिहरुको जन्मदाता माओवादी नै हो ।’

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य लुमाकान्त न्यौपाने ‘सागर’ ले माओवादी नयाँ ढंगले अघि बढिरहेको बताउनुभयो । माओवादी गढवाका अध्यक्ष यमनारायण पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्य समिति सदस्य भक्तु चौधरी र पालिका निर्वाचन समिति संयोजक हरिप्रसाद यादवले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।