कतारमा निशुल्क विश्वकप हेर्न मन छ? यी ७ स्थानमा गएर हेर्न सकिन्छ आज

कतारमा निशुल्क विश्वकप हेर्न मन छ? यी ७ स्थानमा गएर हेर्न सकिन्छ आज

आजबाट कतारमा फुटबलको महाकुम्भ मेल विश्वकप फुटबल सुरु हुँदै छ। विश्वभरबाट कतारमा लाखौंको संख्यामा मानिसहरु प्रवेश गरिसकेका छन्। आज फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोली कतार र इक्वेडर आमनेसामने हुनुअघि एक भव्य उदघाटन समारोह आयोजित हुनेछ । कतारमा बस्ने धेरैले टिकट पाउने सभावना भने न्यून रहेको छ।

क्युएन खबरले तयार परेको डेटाका अनुसार, कतारका विभिन्न स्थानमा निशुल्क र शुल्क तिरेर खेल हेर्न सकिने व्यवस्था गरिएको छ । ती मध्ये खेल लाइभ हेर्न सकिने स्थानहरु यस्ता छन् ।

१.दोहा कर्नेश : कर्नेशमास्थित नेशनल म्युजियम अगाडि रहेको सबैभन्दा लामो स्क्रिनमा खेल प्रत्यक्ष हेर्न सकिनेछ । फ्ल्याग प्लाजा नजिकै रहेको यो स्थानमा खेल हेर्न शुल्क लाग्दैन।

Europass CV in Nepal

२. फक्स स्पोर्ट्स स्टुडियाे,कर्नेश : कर्नेश मेट्राे स्टेशन बाट निस्कने बित्तिकै देखिने फक्स स्पोर्ट्स स्टुडियोमा गएर खेल निशुल्क हेर्न सकिन्छ ।

३.पर्ल कतार : पोर्टो अरेबियाको ३० ला क्रोइसेट एम्फीथिएटर गएर विश्वकपको खेल हेर्न सकिन्छ । खेल हेर्न निशुल्क रहेको छ तर सिट भने सिमित रहनेछ ।

४. फिफा फ्यान फेस्टिभल : कर्नेशमा रहेको फिफा फ्यान फेस्टिभलमा गएर विश्वकपको खेल हेर्न सबैभन्दा रमाइलो हुनेछ । तर त्यहाँ प्रवेश पाउन अनिवार्य हय्या कार्ड आवश्यक पर्नेछ ।

५.इन्डस्ट्रियल एरिया फ्यान जोन : नेपालीहरु धेरैजसो भेला हुने ग्रान्ड मल नजिकै रहेको एसियन टाउन क्रिकेट स्टेडियममा गएर विश्वकप हेर्न सकिन्छ । ठुलो स्क्रिन,संस्कृतिक कार्यक्रम ,फ्रि वाईफाई,खेल प्रतियोगिता लगायत खानाको स्टल उपलब्ध हुनेछ।

६. न्यु इन्डस्ट्रियल एरिया फ्यान जोन : विश्वकप हेर्नको लागि सरकारले तोकेको अर्को स्थान हो,न्यु इन्डस्ट्रियल एरिया फेस्टिभल जोन । कार्यक्रम स्थल इन्डस्ट्रियल एरियाको स्ट्रिट ५५ मा रहेको छ । यो स्थान बेलुका ४ देखि राती १० बजे सम्म खुला रहनेछ । यहाँ निशुल्क रक्तचाप र मधुमेहको परिक्षण पनि हुनेछ ।

७. अल खोर फ्यान जोन : अल खोरमा बस्ने श्रमिकको लागि पनि सरकारले विश्वकप हेर्न व्यवस्था दिएको छ । अल खोर स्थित अल खोर स्पोर्ट्स कम्प्लेक्समा गएर यहाँ विश्वकपका सबै खेलहरु प्रत्यक्ष हेर्न सकिन्छ । त्यस बाहेक कार्यक्रम स्थलमा संस्कृतिक कार्यक्रम ,फ्रि वाईफाई,खेल प्रतियोगिता लगायत खानाको स्टल राखिनेछ ।

Europass CV in Nepal