२०२४ मा कसरी बनाउने उत्कृष्ट सिभी

२०२४  मा कसरी बनाउने उत्कृष्ट सिभी

राम्रो कम्पनीमा जागिर गर्ने चाहना त सबैको हुन्छ । तर, त्यसका लागि धेरै विषयले महत्व राख्छन् । जब कुनै राम्रो कम्पनीले कर्मचारी आवश्यकता परेको विज्ञापन गरेर आवेदन आह्वान गरेको हुन्छ, तपाईं हामी सबैले त्यसमा आवेदन दिने सोच बनाउँछौं । धेरैजनाले त आवेदन लेखेर आफ्नो बायोडाटा (सिभी) पनि पठाउन भ्याइहाल्छन् ।जब कम्पनीबाट अन्तर्वार्ताका लागि सर्ट लिस्ट प्रकाशित हुन्छ, आवेदन दिएकामध्ये आफ्नो नाम नदेख्दा धेरै जना दुःखी हुन्छन् । जागिरका लागि आवेदन दिनेमध्ये थोरै व्यक्ति मात्रै अन्तर्वार्ताका लागि छानिन्छन् । किन त ?

यसको मुख्य कारण हो, जागिरका लागि तपाईंले दिने आवेदनसँगै पेश गर्ने तपाईंको व्यक्तिगत विवरणसहितको सिभी, जसलाई रिज्युम पनि भनिन्छ ।कर्मचारी भर्नाका लागि आवेदन आह्वान गर्ने कुनै पनि कम्पनीले आवेदकहरुको सिभी पढेर नै अन्तर्वार्तामा बोलाउने नबोलाउने निर्णय लिन्छ । यसकारण तपाईंले कुनै पनि कम्पनीमा जागिरका लागि आवेदन पेश गर्दा आफ्नो सिभीलाई उत्कृष्ट बनाउनु आवश्यक हुन्छ ।

अहिले त स्कूल र कलेजका कक्षाहरुमा समेत जागिर पाउनका लागि कस्तो प्रकारको सिभी बनाउने भनेर क्लास नै चलाउन थालिएको छ । यदि तपाईं पनि नयाँ जागिरको खोजीमा हुनुहुन्छ, तर सिभी बनाउन सकिरहनु भएकोछैन भने आज हामी तपाईंलाई केही टिप्स दिन गइरहेका छौं । जसको मद्दतबाट तपाईंले उत्कृष्ट सिभी बनाउन सक्नुहुन्छ,

Europass CV in Nepal

कठीन शब्दको प्रयोग नगर्नुहोस्

यदि तपाईंलाई लाग्छ कि सिभीमा टफ शब्दको प्रयोग गरेर अरुलाई प्रभावित पार्न सकिन्छ भनेर, तपाईं गलत हुनुहुन्छ । सिभी बनाउँदा जतिसक्दो सामान्य र बोलीचालीका शब्दको प्रयोग गर्नुहोस् ।

फन्टमा ध्यान दिनुहोस्

सिभी लेख्दा धेरै फन्टको प्रयोग गर्ने र फन्टको साइज फरक फरक पार्ने बानी छ भने त्यो बानी हटाइहाल्नुहोस् । फन्ट साइज १२ देखि १४ सम्मको राख्न सक्नुहुन्छ भने अंग्रेजीमा सिभी बनाउँदा टाईम्स न्यू रोमन फन्टलाई स्ट्यान्डर्ड मानिन्छ ।

अनावश्यक स्पेस नदिनुहोस्

सिभी लेख्दा ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा हो, अनावश्यक स्पेसको प्रयोग । सिभी डिजाइन गर्ने भनेर धेरै स्पेसको प्रयोग गर्दा सिभी टाटेपाटे देखिन सक्छ । त्यसैले आवश्यक मात्रामा बाहेक सिभी लेख्दा धेरै स्पेस नदिनुहोस् ।

लामो सिभी नलेख्नुहोस्

धेरैको बानी हुन्छ, आफ्नो बायोडाटामा भएभरका विवरण उल्लेख गर्ने । यस्तो गर्दा तपाईंको सिभी लामो हुन जान्छ । यसका अतिरिक्त रोजगारदाताले विज्ञापनमा उल्लेख गरेको आवश्यक योग्यताका विषयलाई मात्र समेटेर सिभी बनाउनुहोस् ।

व्याकरणीय गल्तीबाट बच्नुहोस्

व्याकरणीय गल्तीका कारण सिभी पढ्दा नै तपाईंप्रति कम्पनीका प्रतिनिधिले गलत धारणा बनाइदिन्छन् । त्यसकारण पटक पटक व्याकरण चेक गरेर मात्रै सिभी पठाउनुहोस् ।

थाहा भएको कुरा मात्रै लेख्नुहोस्

रोजगारदातालाई प्रभाव पार्न भनेर धेरैले आफ्नो बायोडाटामा आफूलाई थाहा नै नभएका कुरा उल्लेख गरेका छन् । आफूलाई जानकारी नभएका कुरा लेखेर तपाईं अन्तर्वाताका लागि छनौट त हुनसक्नुहोला । तर, जब अन्तर्वार्ताका बेला आफूलाई थाहा नभए पनि सिभीमा तपाईंले लेखेको विषयमा सोधियो भने झूट फेला परिहाल्छ । आफूलाई थाहा भएको कुरा मात्रै सिभीमा लेख्नुहोस्, झुटा कुरा लेखेर रोजगारदातालाई प्रभावमा पार्ने सोच त्याग्नुहोस् ।

पासपोर्ट साइज फोटो राख्नुहोस्

एक उत्कृष्टा सिभी तपाईंको तस्बिर बिना अधुरो हुन्छ । त्यसैले सिभीमा आफ्नो फोटो पनि टाँस्नुहोस् । यदि तपाईंले आवेदनसँगै पेश गरेको सिभीमा फोटो टाँस्न बिर्सिनुभयो भने अन्तर्वाताका क्रममा फोटो टाँसिएको प्रिन्टेड सिभी साथमा बोकेर लैजान सक्नुहुन्छ । यद्यपि यो कुरा एटिएस सिभीमा भने लागु हुँदैना। एटिएस सिभीमा सकभर फोटो राख्न हुँदैन।

विज्ञबाट तयार गर्नुहोस् 

यदि तपाई आफ्नो सिभी व्यवसायिक हिसाबले उत्कृष्ट बनाउन सक्नु हुन्न भने त्यस क्षेत्रमा विज्ञता हाँसिल गरेका संस्था वा व्यक्तिलाई बनाउन जिम्मा लगाउनु नै उचित हुन्छ ।