बलात्कार ठहर नभएपछि जाहेरी दिने युवतीलाई तीन वर्ष जेल

बलात्कार ठहर नभएपछि जाहेरी दिने युवतीलाई तीन वर्ष जेल

अछाम । जिल्ला अदालतले बलात्कारको जाहेरी दिने युवतीलाई नै जेल पठाउने आदेश दिएको छ । अछामको कमलबजारकी १९ वर्षीया किशोरीले आफूलाई बिहेको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै गत माघ १७ मा जिल्ला प्रहरी कार्यालयमा रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषविरुद्ध जाहेरी दिएकी थिइन् ।

माघ १५ मा बिहेको प्रस्ताव लिएर आएका ती पुरुष सम्बन्ध राखेपछि आफन्तको मृत्युका कारण तत्काल विवाह गर्न नसक्ने भन्दै पन्छिएका थिए । युवतीको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेर पुरुषविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको थियो ।

त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले ती पुरुषविरुद्ध बलात्कार मुद्दा दायर गरेको थियो । प्रलोभनमा पारी सहमति लिएर सम्बन्ध राख्ने कार्यलाई सहमतिको सम्बन्ध नभएर बलात्कार मान्ने प्रचलित कानुनी व्यवस्था बमोजिम ती पुरुषविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो ।

Europass CV in Nepal

ती पुरुषले भने युवतीसँग सहमतिमै सम्बन्ध राखेको बताएका थिए । मुद्दाको सुनुवाइको क्रममा किशोरीले अदालतमा बयान फेरेकी थिइन् । आफूमाथि बलात्कार नभएको भन्दै उनले बयान फेरेका आधारमा जिल्ला न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले तीन वर्ष जेल सजायको फैसला सुनाएको हो ।

किशोरीकै घरमा बास बसेर शारीरिक सम्बन्धपछि ती पुरुष बिहे पक्का नगरी आफन्तसहित फर्केका थिए । अदालतले दुवैको बयान र शारीरिक परीक्षण प्रतिवेदन हेरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै सम्बन्ध भएको ठहर गरेको छ । यद्यपी ती किशोरीलाई बयान फेर्न बाध्य पारिएको थियो वा थिएन भन्ने स्पष्ट हुन सकेको छैन ।

पीडित भनिएकी किशोरीले जाहेरी नै झूटो दिएकी थिइन् वा पछि दबाबले बयान परिवर्तन गरेकी हुन् भन्ने फैसलामा स्पष्ट खुलाइएको छैन । किशोरीले अदालतमा बयान परिवर्तन गरेका कारणले मात्रै उनले दिएको जाहेरी झुटो भएको अदालतले अनुमान गरेको देखिन्छ ।

किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई अदालतले सफाइ दिएको छ । किशोरीलाई अदातलको आदेशपछि जिल्ला कारागार कार्यालय चलान गरिने भएको छ ।

किशोरीलाई जेल सजयाको फैसला गर्ने अदालतले किशोरीको जाहेरीपछि मुद्दामा अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय र त्यसैका आधारमा मुद्दा चलाउने निर्णय गर्ने सरकारी वकिललाई भने जवाफदेही बनाएको छैन ।

 

Europass CV in Nepal