मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

आजबाट कतारमा विश्वकप फुटबल सुरु : नेपालमा टिभी बाहेक मोबाइलबाट हेर्न नपाइने

Himali Patrika 1 मिनेट पढाइ

मंसिर, काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप कतारमा आज (आइतबार)देखि सुरु हुँदैछ । विश्वभरबाट छानिएका ३२ देशका टोलीहरुले विश्वभर फुटबलमय बनाउनेछन् । कतारमा प्रत्यक्ष फुटबल हेर्न नपाउने दर्शकहरुले टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फक फुटबलको आनन्द उठाउनेछन् ।

विश्वका आधाभन्दा बढी अर्थात ५ अर्ब मानिसले कतार विश्वकपको प्रत्यक्ष प्रशारण हेर्ने अनुमान गरिएको छ ।नेपालमा हिमालय प्रिमियर एचडी टेलिभिजनले विश्वकपको प्रत्यक्ष प्रशारण अधिकार पाएको छ । यो च्यानल आइतबारदेखि नै औपचारिक प्रशारण सुरु भएको छ । आफ्नो घरको टेलिभिजन सेटमा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण गर्ने हिमालय प्रिमियर च्यानल खुल्न ५ सय रुपैयाँ (करबाहेक) तिर्नुपर्ने हुन्छ ।

नेपालमा मोबाइल वा अन्य डिभिजन माध्यमबाट फुटबलको प्रत्यक्ष प्रशारण हेर्न नपाइने भएको छ । नेपालमा प्रशारण अधिकार पाएको मिडिया हबले टेलिभिजनबाट मात्र हेर्न पाइने बताएको छ ।

‘हामीसँग टेलिभिजन, रेडियोलगायत सबै डिभिजन माध्यमबाट प्रशारण गर्न पाउने अधिकारप्राप्त लाइसेन्स छ,’ मिडिया हबका अध्यक्ष सोम धितालले भनेका छन्, ‘तर, विविध कारणले हामीले मोबाइल वा अन्य माध्यमबाट प्रत्यक्ष प्रशारण हुने गरी कसैलाई पछि अधिकार बेचेका छैनौं ।’

उनले आम मोबाइल प्रयोगकर्ताबाट आएको गुनासोबारे जानकार भए पनि यस संस्करणमा त्यो सम्भावना कम रहेको प्रष्ट्याए । कतार विश्वकपको उद्घाटन खेलमा आज राती पाैने १० आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ । कतारको अल बायट रंगशालामा यो खेल हुनेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।