मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कतारमा भयो विश्वकप फुटबलको भव्य उद्घाटन

Himali Patrika 1 मिनेट पढाइ

दोहा। १२ वर्षदेखिका विभिन्न प्रश्न, आलोचना र अनुमानका माझ कतारमा आज आइतवारबाट विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन सत्र आरम्भ भएको छ। पहिलोपल्ट मध्यपूर्वको एक मुस्लिम देशमा हुन लागेको यो प्रतियोगिताको आयोजना विभिन्न विवादको छायामा परेको थियो। तर फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यो प्रतियोगितामा सहभागी सबै ३२ वटा राष्ट्रलाई फुटबल खेलमा ध्यान केन्द्रित गर्न भनेको छ।

पहिलो खेल प्रतियोगिता आयोजक कतार र एक्वडोरका बीच अल बेएत रङ्गशालामा केही बेरमा हुनेछ।
सन् २०२१ को फेब्रुअरी महिनामा गार्डिअन पत्रिकाले कतारले विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्धारण भएयता त्यहाँ भारत, पाकिस्तान, नेपाल, बाङ्ग्लादेश र श्रीलङ्का गरी ६ हजार ५ सय आप्रवासी मजदुरहरूको ज्यान गएको समाचार प्रकाशन गरेको थियो

उक्त सङ्ख्या कतारमा अवस्थित ती सम्बन्धित देशका दूतावासहरूबाट प्राप्त भएको जनाइएको थियो। कतार सरकारले भने उक्त सङ्ख्या भ्रामक भएको बताउँदै मारिएका सबै मजदुरहरू विश्व कपसँग सम्बन्धित परियोजनामा सम्बद्ध नभएको जनाएको थियो।

कतारमा समलिङ्गी यौन गैर कानुनी भएको र देशमा कडा शरिया कानुन लागु रहेकाले खेलका एलजीबीटी समुदायका प्रशंसकहरूसँग कस्तो व्यवहार होला भन्ने आशंका पनि गरिएका थिए।

गत हप्तामात्रै सन् २०१० मा कतारलाई खेल आयोजनाको अवसर दिने घोषणा गरेका फिफाका तत्कालीन अध्यक्ष सेप ब्लाटरले त्यो निर्णय “गल्ती” भएको बताएका थिए।खेल आयोजना हुने एकदिन अगाडि बोल्दै फिफाका वर्तमान अध्यक्ष जिआनी इन्फान्टिनोले कतार र प्रतियोगिताको बचाउ गर्दै पश्चिमा जगतलाई कतारको मानवअधिकार रेकर्डका बारेमा गरिएको रिपोर्टीङ्गलाई लिएर “दोहोरो चरित्र” को आरोप लगाएका थिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।