दोहा।अरबौँ डलर खर्च गरेर विश्वकप खेल्न पाएको कतार। त्यसैमा पहिलो खेल कतारकै। पहिलो खेलमै नराम्रोसँग पराजय बेहोर्न परेपछि कतार फुटबल फ्यानहरूका लागि विश्वकपको सुरुवात राम्रोसँग भएन।
पहिलो पटक विश्वकप खेल्ने मौका पाएको कतारले आफ्नो पहिलो खेलमै निराशजनक नतिजा हात पारेको छ। कतारका लागि हिजो इतिहास रच्ने मौका थियो। यद्यपि आफै आयोजक रहेको कतारले विश्वकप फुटबलको उद्घाटन खेलमा पराजित भएको । कतार इक्वेडरसँग २–० ले पराजित भएको हो । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे ।
१६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले त्यो तयारीको नतिजा निकाल्न सकेन । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए ।
अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शक्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन। आफ्नो टिमले अनपेक्षित प्रस्तुत गरेपछि सुसज्जित समर्थनमा आएका कतारी फुटबल फ्यानका आँखा रसाएका थिए ।
उद्घाटन सत्रमा अल–थानीले दिए यस्तो सन्देश
कतारका अमिर शेख तामिम विन हमाद अल–थानीले एक दशक भन्दा लामो समयको आलोचना पार गर्दै विश्वकप २०२२ को प्रतियोगिताले विश्वभर सभ्य संवादको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘संवादहिनताको अवस्थामा हामीलाई पुर्याइयो । अहिले विश्व फुटबलको महाकुम्भमार्फत यहाँ विभिन्न धर्म, जात, भाषा र संस्कृतीका मानिसहरु जम्मा भएका छन्, अल-थानीले भने, ’त्यसैले यस प्रतियोगिताले विश्वसामु सभ्य संवादको वातावरण र्सिजना हुनेमा हामी विश्वस्त छौ ।’
कतारले सन् २०१० मा विश्वकप २०२२ को आयोजना अधिकार पाएदेखी शृंखलाबद्ध रुपमा पश्चिमा संचारमाध्यम र मानवअधिकारवादीको दबाब सहनु परेको थियो । उद्घाटन सत्रमा अल–थानीसँगै फिफा अध्यक्ष जियानी इन्फान्टिनो र साउदी अरेबियाका राजकुमार मोहम्मद विन सलमान उपस्थित थिए । कतार विश्वकप २०२२ को सफल आयोजनासँग आफूमाथि लाग्दै आएको भ्रष्टाचार र मानवअधिकारको उल्लंघन गरको भन्ने आरोप गलत प्रमाणित गर्न चाहन्छ ।
कतारमाथी आप्रवासी कामदारप्रति कठोर व्यहार गरेको भन्दै मानवअधिकारबादी संस्थाहरुले २०२२ को विश्वकप आयोजनाको अधिकार खोस्नु पर्ने दबाब दिएका थिए । यद्धपी फिफाले आफ्नो निर्णयमा भने कुनेै परिवर्तन गरे ।
सन् २०१८ मा खाडीकै केही मुलुकले कतारले आतंकवादलाई सहयोग पुग्ने गतिबिधी गरेको आरोपमा कुटनितिक नाकाबन्दी समेत लगाएका थिए ।गत वर्ष मात्र साउदी अरेबिया, यएई, बहराइन र इजिप्टले कतारसँगको तीन वर्ष देखीको कुटनितिक नाकाबन्दी अन्त्य भएको घोषणा गरेका थिए ।
प्रतियोगिताको पूर्वसन्ध्यामा मानवअधिकारको मुद्दा लगातार उठिरहँदा फिफाले सहभागी ३२ राष्ट्रलाई नै पत्राचार गर्दै राजनितिक विषयमा भन्दा पनि फुटबलमा केन्द्रित हुन आग्रह गरेको थियो । शुक्रबार रंगशालामा मादकपदार्थ बिक्री तथा सेवनमा रोक लगाए पछि कतार पुनः विवादमा तानिएको थियो ।