मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कतार विश्वकप अपडेट : इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गर्दै शानदार जित हातपर्यो

Himali Patrika 1 मिनेट पढाइ

५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलमा शानदार जितसहित समूह बी मा ३ अंक जोडेको छ ।

इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे । त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे ।वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे ।

कप्तान ह्यारी केनले दुई गोलका लागि सहयोग गरे । सन् २००६ को विश्वकपमा डेविड बेकहमले ट्रिडिनाड एण्ड टोबागो विरुद्ध दुई गोलको लागि असिस्ट गरेका थिए ।इरानका लागि मेहदी तारेमीले दुई गोल गरे । तारेमीले ६५औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा दोस्रो गोल गरे ।

खेलको १० मिनेटमै इरानका गोलकिपर एलिरेजा बेइरानभान्ड आफ्नै खेलाडीसँग ठोक्किएपछि घाइते हुँदै मैदान बाहिरिएका थिए । पहिलो खेलमै शानदार जितपछि इंग्ल्याण्डले कतार विश्वकपको लागि आफ्नो दाबेदारी समेत पेश गरेको छ । इंग्ल्याण्डले दोस्रो खेल अमेरिका र तेस्रो खेल वेल्ससँग खेल्नेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।