मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

साउदी जस्तो कम्जोर राष्ट्रसंग हारेपछि मेसीले दिए यस्तो प्रतिक्रिया

Himali Patrika 1 मिनेट पढाइ

दोहा । विश्वकपको पहिलो खेलमा साउदी अरबसँग २-१ को अप्रत्यासित परायजपछि अर्जेन्टिनी कप्तान लियोनेल मेसीले यस्तो सुरआतको अपेक्षा नगरेको प्रतिक्रिया दिएका छन्।समूह ‘सी’अन्तर्गत बुधबार पहिलो हाफमा पेनाल्टीमार्फत लिएको ०-१ को अग्रता जोगाउन नसक्दा अर्जेन्टिना ३२ वर्षपछि विश्वकपको पहिलो खेलमा पराजित भएको हो। लियान्ड्रो पेरेडेजलाई साउदीका डिफेन्डरले १८ यार्ड बक्समा लडाएपछि पाएको पेनाल्टीमा मेसीले गोल गरेका थिए।

दोस्रो हाफको सुरुआती आठ मिनेटमै दुई गोल फर्काएको साउदीले त्यसको बचाऊ गर्दै अविश्वसनीय जित निकालेको थियो। साउदीलाई जिताउन सले अलशेहेरी र सलिम अलदावसरीले एक-एक गोल गरेका थिए।

पहिलो हाफमा साउदीमाथि हाबी बनेको अर्जेन्टिनाका लागि मेसीले गरेको एउटा गोल अफसाइडका कारण रद्द भएका थियो।‘यो सबैका लागि कठिन रह्यो, हामीले यसरी सुरुआत गर्ने अपेक्षा थिएन,’ खेलपछि मेसीले भने, ‘हामीले अगाडि बढ्न तयार हुनुपर्छ, हामीले जित्नुपर्छ र यो हामीमै निहित छ।’

मेसीले यो नतिजाका लागि कुनै बहाना नचल्ने र टिम अझै एकजुट हुनुपर्नेमा जोड दिए। ‘यो कठिन समूह छ भन्ने सावित भइसकेको छ,’ मेसीले भने, ‘अब हामीले यो समूह बास्तविक समूह हो भन्ने देखाउनुपर्नेछ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।