अर्जेन्टिनालाई हराएको खुसीयालीमा बुधबार साउदीमा सार्वजनिक बिदा

अर्जेन्टिनालाई  हराएको खुसीयालीमा बुधबार साउदीमा सार्वजनिक बिदा

काठमाण्डौ । अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा साउदीले बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।कतारमा भइरहेको फिफा विश्वकप २०२२ को समूह चरण अन्तर्गत साउदी अरेबिया र अर्जेन्टिनाबीच आज भएको खेलमा २–१ को गोल अन्तरले साउदीले अर्जेन्टिनालाई हराएको थियो ।

बुधबार साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास पनि भोलि बन्द रहने छ । साउदीमा रहेको नेपाली दूतावासले टिम साउदीलाई बधाई दिँदै यो खुसीको क्षणलाई साउदी सरकार र नागरिकहरूसँग बाँड्न चाहेको जनाएको छ ।

डेनमार्क र ट्युनिसियाको खेल गोलरहित बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् ।एजुकेसन सिटी स्टेडियममा भएको खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै एक एक अंक पाए ।

Europass CV in Nepal

२२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल हो भने समग्रमा दोस्रो बराबरी हो ।यसअघि अमेरिका र वेल्सले १-१ को बराबरी खेलेका थिए ।

६२ प्रतिशत बल पोसेसन राखेको डेनमार्क खेलमा अघि देखिएको थियो । डेनमार्कले ११ सट प्रहार गर्दा ट्युनिसियाले १३ सट प्रहार गरेको थियो । तर गोल गर्न भने सकेनन् ।खेलमा डेनमार्कका लागि आन्द्रेज कोर्नेलिउसले पाएको अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेको थियो ।