मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कतारमा हुँदैछन् आज यी चार देशको बिचमा भिडन्त

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै ।  फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘जी’ र समूह ‘एच’ का दुई/दुई वटा खेल हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड र क्यामरुन खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

यस्तै, आजको अर्को खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप फुटबल अन्तर्गत नै आज हुने तेस्रो खेलमा पोर्चुगल र घाना खेल्दैछन् । समूह ‘एच’ को पोर्चुगल र घानाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै,आज राति हुने खेलमा ब्राजिल र सर्बिया प्रतिस्पर्धा गर्नेछन् । समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । विश्व कप फुटबलमा आज बिहान भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हराउँदै विजयी सुरुआत गरेको छ ।

त्यस्तै स्पेनले कोस्टारिकालाई ७–० गोलकाे फराकिलो अन्तरले हरायो । हिजो भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोलले हरायो । क्रोएसिया र मोरक्कोले बराबरी खेलेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।