मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

चम्किए एसियाली मुलुक : इरानसँग २-० गोलले पराजित वेल्स इङ्ल्यान्ड

Himali Patrika 1 मिनेट पढाइ

दोहा: दश जनामा सीमित भएको वेल्स इन्जुरी समयमा सम्हालिन नसक्दा एसियाली मुलुक इरानसँग २-० गोलको नतिजामा पराजित भएको छ। गोलकिपर वाइन हेन्नेसीले ८५औं मिनेटमा रातो कार्ड पाएपछि १० जनामा सीमित भएको वेल्स पराजित हुनुपर्यो।

इरानका लागि इन्जुरी समयको आठौं मिनेटमा रोज्बे चेस्मी र ११औं मिनेटमा रमिन रेजाइनले एक-एक गोल गरे।समूह चरणको अन्तिम खेलमा वेल्सले इङ्ल्यान्ड र इरानले अमेरिकासँग खेल्ने छ। यसअघि १९५८ मा एकपटक मात्र विश्वकप खेलेको वेल्स सनसनी मच्चाउँदै क्वार्टरफाइनलमा पुगेको थियो।

त्यसबेला समूह ‘तीन’मा परेको वेल्सले तीन बराबरी र एक जितसहित क्वार्टरफाइनलको यात्रा तय गरेको थियो। अन्तिम आठमा ब्राजिलसँग १-० को नतिजामा पराजित भएर विश्वकपबाट बाहिरिएको वेल्स झण्डै साढे ६ दशकपछि मात्रै छनोट भएको हो।

हेन्नेसीलाई विश्वकपको पहिलो रेड कार्ड!

विश्वकपको पहिलो रातो कार्ड वेल्सका गोलकिपर वाइन हेन्नेसीले पाएका छन्। दोहास्थित मोहम्मद बिन अली रंगशालामा जारी समूह ‘बी’अन्तर्गत इरानविरुद्धको खेलको ८५औं मिनेट उनले रातो कार्ड पाएका थिए।

इरानी फरवार्ड अलिरेजा याहानबाकासलाई गरेको खराब फाउलका कारण ग्वान्टेमालाका रेफ्री मारियो इस्कोबारले रातो कार्ड दिएका हुन्। इस्कोबारले सुरुमा पहेँलो कार्ड देखाए पनि भिडियो रिभ्यू हेरेपछि रातो कार्ड दिएका हुन्।

चार वर्षअघि रुसमा भएको विश्वकपको पहिलो रातो कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका थिए। उनले समूह ‘एच’अन्तर्गत जापानविरुद्धको खेलको तेस्रो मिनेटमा सिज्नी कागावालाई फाउल गरेपछि रातो कार्ड पाएका थिए। त्यसअघि २०१४ विश्वकपमा उरुग्वेका म्याक्सी परेराले कोस्टा रिकाविरुद्धको खेलमा पहिलो रातो कार्ड पाएका थिए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।