मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

कतार विश्वकपमा पहिलो रातो कार्ड, त्यो पनि गोलकिपरलाई

Himali Patrika 1 मिनेट पढाइ

९ मंसिर, काठमाडौं । वेल्सका गोलकिपर वायने हेनेसे कतारमा भइरहेको फिफा विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् ।समूह बी अन्तर्गत अहमद अली बिन स्टेडियममा शुक्रबार भएको खेलमा हेनेसेले रातो कार्ड पाउँदा इरानले वेल्सलाई २-० ले पराजित गर्‍यो । इन्जुरी टाइममा इरानका लागि रुजबेह चेस्मी र रमिन रेजाइएनले गोल गरे र टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।

गोलकिपर हेनेसेले रातो कार्ड पाएपछि वेल्स दश खेलाडीमा समेटियो भने इरानले त्यसैको फाइदा उठायो । ८७ मिनेटसम्म खेल गोलरहित बराबरीमा चलिरहेको थियो । त्यसमा खेलमा नयाँ ट्वीस्ट आयो । हेनेसेले ८७ औं मिनेटमा इरानका मेहदी तारेमीलाई पेनाल्टी बक्स बाहिर आएर फाउल गरेपछि रातो कार्ड पाए ।

पहिला पहेँलो कार्ड देखाएका रेफ्रीले पछि भीएआरको सहयोगमा रातो कार्ड देखाए । त्यसपछि वेल्सले आरोन राम्सेको स्थानमा दोस्रो रोजाईँका गोलकिपर ड्यानी वाडलाई मैदान पठाएको थियो ।

रातो कार्ड पाउनुअघि वेल्सका हेनेसेले केही राम्रा बचाउ पनि गरेका थिए । तर रातो कार्ड पाउँदै हेनेसेले भिलेन बन्दा वेल्सलाई घाटा लाग्यो ।त्यअसघि खेलमा इरानले गोल गर्ने केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेको थिएन । तर इन्जुरी टाइममा भने गोल गर्न सफल भयो । इन्जुरी टाइमको आठौं मिनेटमा वैकल्पिक खेलाडी रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए ।

उनी ७८औं मिनेटमा अहमद नोयरोलाहीको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै त्यसको दुई मिनेटपछि रेजाइएनले गोल गर्दै इरानलाई २-० को जित दिलाए । पहिलो खेलमा अमेरिकासँग पराजित भएको वेल्सको यो पहिलो हार हो । दुई खेलबाट १ अंक मात्र रहेको वेल्सको नकआउट चरण पुग्ने सम्भावना यो हारले कमजोर बनेको छ । वेल्सले अब अन्तिम खेल इंग्ल्याण्डसँग खेल्नेछ भने इरानले अमेरिकासँग खेल्नेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।